pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बजेट फ्रिज हुन्न, सबै योजना समयमानै सम्पन्न गछौं

  विकास जनता सँग प्रत्यक्ष जोडिएको विषय हो । विकास र विकासे योजना जनचाहनाअनुरुप भयो भने जनतामा सकारात्मक भावना जाग्दछ । विकासे अड्डाले विकासका योजना समयमा सम्पन्न गर्ने हो भने जनता समक्ष आएको बजेट सदुपयोग हुन्छ । जनताले राज्यको उपस्थितीको महशुस गर्न पाउँछन् । जनप्रतिधि चयन भए पश्चात विकासे योजनाले तिव्रता पाउने जनअपेक्षा  पँरा नहुने चिन्ताले थाहा नगरपालिकाको आर्थिक बर्ष ०७४÷०७५ को लागि वडा वडामा परेका बिकास आयोजनाको सम्झौतामा ढिलाई भैरहेकोले  आयोजना समयमै सम्पन्न नहुने हो की भन्ने निराशा छाउन थालेको छ ।

नगरको बिकास योजनाको २०७४ कार्तिक मसान्तमै उपभोक्ता समिति बनाएर सम्झौता गरि सक्नु पर्नेमा पुष महिना लाग्दा समेत समिति निर्माण तथा सम्झौता हुन नसक्नुले योजना समयमै सम्पन्न नहुने चिन्ता बढाएको हो । १२ वटा वडा रहेको थाहा नगरमा ४५० आयोजना मध्ये अहिलेसम्म जम्मा ७८ वटा आयोजनाको मात्र सम्झौता भएको छ । पौष १५ गते सम्मका लागि म्याद थप गरि पत्राचार गर्दा पनि समिति गठन तथा सम्झौता  प्रभावकारी हुन नसकेको नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले जनमुखी साप्ताहिकलाई बताउनु भयो । 

बैशाख मसान्तसम्म सबै योजना सम्पन्न गरि सक्नु पर्ने भएतापनि विविध कारणबाट भएको ढिलासुस्तीको कारणले सम्झौतामा नहुँदा काम गर्न असहज भएको अधिकृत पुरीले बताउनु भयो । जुन गतिमा काम अगाडी वढ्नु पर्ने हो त्यसो हुन नसकेको स्विकार्दै अधिकृत पुरी भन्नुहुन्छ “ यसरी ढिला सुस्ती काम गर्दा असार, श्रावणमा काम गर्न थाल्ने गर्दा बर्षादको कारण ढिला हुनुको साथै काम राम्रो नहुने र हतार हतार रकम भुक्तानी दिनुपर्ने अवस्थाले कार्यालयलाई समस्या हुन जाने देखीन्छ । योजना कार्यसम्पादन नभएपनी बजेट फ्रिज नहुने तर सो बजेट अर्कोमा लगाउन नगर समितिले निर्णय गर्नु पर्ने प्रावधान रहेको छ ।  आयोजना उपभोक्ता समिति गठन तथा सम्झौताको लागि जनप्रतिनिधिहरुको कारण ढिलाई भनिए पनि वडा नम्बर ३ को प्रतिनिधिहरु आफ्नो वडामा ढिला सुस्ति नभएको वताउँछन् । थाहा ३ का वडा अध्यक्ष राजेश के.सी.ले आफ्नो वडामा रहेको २४ आयोजनाहरुमा सबैको समिति वनेर नगरपालिकामा सम्झौता भैसकेको र तिन वटा योजनाको त काम नै सम्पन्न भैसकेको वताउनु भयो । वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीले आफ्नो वडामा २८ वटा योजना रहेकोमा धेरै योजनाको सम्झौता भैसकेको केही आयोजनाहरुमा साधारण बिवादको कारण ढीलाई भैरहेको भएपनि पौष १५ भित्र सम्झौता भैसक्ने बताउनु भयो । त्यस्तै वडा नम्वर ११ का वडा अध्यक्ष किरणमान बलले वडामा २७ योजना मध्य अब १० वटा वाँकी रहेको बताउनु भयो ।

अध्यक्ष बलले ढीला सुस्ती हुनुमा जनप्रतिनिधि भन्दा पनि नगरपालिकावाट समयमै प्राबिधिक उपलब्ध गराउन नसकेको कारण भएको वताउनु भयो । जनप्रतिनिधिलाई काम दिने प्राबिधिक लगायत सुविधा गाउँमा सहज उपलब्ध नहुने भएको कारण ढीलाइ भैरहेको वडा नम्बर ७का वडा अध्यक्ष सनम सिं स्याङतान बताउनु हुन्छ ।

वडा प्रतिनिधिहरु कार्यालयमा बसेर सिफारिस लगायतका काम गर्नु पर्ने तथा समयमै प्राविधिक नहुने जस्ता समस्या रहेको भएता पनि आफ्नो वडाको ३८ वटा योजना सम्झौता भएको भएता पनि काम गर्न केही समयलाग्ने बताउनु हुन्छ वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली ।  वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामाले आफुले बुझे अनुसार प्राय सबै वडाका योजनाहरुको समिति वनिसकेको केही समस्या भएका योजना तत्काल विवाद समाधान गरि छिटो भन्दा छिटो राम्रो काम हुनेमा संङ्का नगर्नका अनुरोध गर्नु भएको छ ।

बर्षादको समयमा काम गर्ने र जनताले आश गरेको विकासे काम नहुने परिपाटिको अन्त्य गरी राज्यको करोडौं लगानी खेरजान नदिनका लागि सबैको ध्यान जान जरुरी छ । थाहामा सडक पँर्वाधारमा वजेट बढी विनियोजन भएको छ त्यस पछि स्वास्थ्य शिक्षा र अन्य रहेको छ । नगरपालिकाले बजेट विनियोजन र भुक्तानी दिने भएता पनि सबै पक्षले संरक्षण र अनुगमन गरेकामा आयोजनाको काम राम्रो हुने  कुरामा ढुक्क बन्न सकिन्छ । 
वडा अनुसार थाहा नगरपालिकामा भौगोलिक अवस्थालाई मध्यनजर गरि २०७४/०७५ का लागि परेको वजेट बिवरण यस प्रकार रहेको छ ।
वडा नंं. १ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. २ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. ३ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. ४ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. ५ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. ६ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. ७ का लागि १ करोड १५ लाख १९ हजार रुपैंया ।
वडा नंं. ८ का लागि १ करोड १५ लाख १९ हजार रुपैंया ।
वडा नंं. ९ का लागि ९५ लाख रुपैंया ।
वडा नंं. १० का लागि ९५ लाख रुपैंया ।
वडा नंं. ११ का लागि १ करोड १५ लाख १९ हजार रुपैंया ।
वडा नंं. १२ का लागि १ करोड १५ लाख १९ हजार रुपैंया ।

बजेट फ्रिज हुन्न, सबै योजना समयमानै सम्पन्न गछौं 

थाहा नगरको विकासकालागि छुट्याईएको विनियोजित योजना र कार्यक्रम समयमै सम्पन्न हुने कुरामा ढुक्क भएर बस्न थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले आग्रह गर्नु भएको छ ।

विकास आयोजनाका काम सम्झौता हुन ढिलाई हुँदा देखिएको निराशा केही दिन भित्रै समाधान गर्ने र तोकिएको कार्यक्रम र विनियोजित बजेट तोकिएकै स्थानमा खर्च गर्ने व्यवस्था मिलाउने बताउनु भएको छ । देश प्रतिनिधी  सभा र प्रदेश सभा निर्वाचनमा होमिएकाले सबै शक्ती त्यतै लाग्दा सम्झौतामा ढिलाई भएको हो । सबै वडाध्यक्षहरु, उपभोक्ता सिमितिमा बस्ने स्थानिय नेता कार्यकर्ता पनि र कर्मचारीहरु निर्वाचनमा होमिदा तोकिएको समयमा सम्झौता हुन ढिला भए पनि पौष १५ गते सम्मको म्यादलाई सदुपयोग गरि अधिकांश योजना सम्झौता हुने प्रमूख विष्टले बताउनु भयो ।

सवै वडाध्यक्षहरु निरन्तर लागिरहनु भएको छ । जनचाहना र जनअपेक्षाअनुसार काम गर्न छुट्टिएको बजेट र कार्यक्रम  निर्धारित समयमा निर्धारित स्थानमा खर्च भई काम सम्पन्न गर्न नगरपालिका अब तदारुकताकासाथ लाग्ने कुरामा विस्वस्थ हुन आग्रह गर्दै प्रमूख विष्टले केहि आयोजनामा देखिएका सामान्य विवाद समाधानमा सहयोग गरि सम्पन्न गर्न सहजिकरण गर्न आग्रह गर्नु भयो ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...