jkmv-english-1784299234.jpg
Sunday, 19 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बकैया ४ का वडा अध्यक्ष दंगाल किर्तेको अभियोगमा पुर्पक्षकालागी जेल चलान

1730901378968-1730901485.jpg

मकवानपुर । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पार्ने बकैया गाउँपालिका ४ नम्वर वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा राखी अनुसन्धान अघि बढाउन आज आदेश गरेको जिल्ला अदालत मकवानपुरका अधिकृत दिलिप राईले जानकारी दिए । दंगाललाई आजै भीमफेदी कारागार पठाइएको छ ।

४ महिना अघि मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएता पनि उनी फरार थिए । राजनीतिक शक्तिको आडमा उनलाई प्रहरीले पक्राउ गरेको थिएन । उनलाई आज मात्रै अदालत उपस्थित गराइएको हो ।

वडाध्यक्ष दंगालले १८ मंसिर २०८० मा बकैया–४ निवासी ४६ वर्षका पूर्णबहादुर ब्लोनलाई दिवंगत उमादेवी गुरुङको नक्कली छोरा बनाएर मृत्युदर्ता र नाता प्रमाणितलगायतका कागजात तयार पारिदिएका थिए । मृतक उमादेवीको सम्पत्ति हत्याउन वडा अध्यक्ष दंगालले वडा कार्यालयबाट पटक–पटक सिफारिसका कागजातसमेत तयार पारिदिएका थिए ।

सोही घटनामा संलग्न पूर्णबहादुर ब्लोन र बकैया–४ कै रामबहादुर न्यासुरलाई जिल्ला अदालतले यस अघि नै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
सम्बन्धित मालपोत कार्यालयबाट मृतक उमादेवीको नाममा रहेको सम्पत्ति नामसारीको प्रक्रिया अघि बढाउँदै गर्दा घटना बाहिरिएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...