jkmv-english-1784299234.jpg
Monday, 20 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बकैयालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारीमा गाउँपालिका रोजगारी देश विकासको आधारः मन्त्री चित्रकार

1708872635970-1708872748.jpg

मकवानपुर/कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ ।
पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ । बकैया गाउँपालिकाले वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रममा पालिकाको वडा नं. १०, ११ र १२ किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो । गाउँपालिकाले यसअघि वडा नंं. ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएर मौरी घार वितरण गरेको हो । पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ ।
मौरी घार किसानलाई वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउँपालिकाले गरेको लगानीको प्रसंशा गर्नुभयो । 
उहाँले रोजगारी देश विकासको आधार भएको बताउँदै रोजगारीका लागि उद्यमशीलता आवश्यक भएको जोड दिनुभयो । 
मन्त्री चित्रकारले सडक, विजुली, विद्यालयको भवनमा निर्माणलगायत भौतिक पूर्वाधार  विकाससँगै दैनिकी चलाउन आर्थिक श्रोत आवश्यक पर्ने र त्यो उद्यमशीलता र रोजगारीबाट प्राप्त हुने भएकोले यो कसरी प्राप्त गर्न सकिन्छ भनेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । 
लगानी भएपछि त्यसको उपलब्धि हुने गरी विकासको कार्य गर्न आवश्यक रहेको उहाँको भनाई थियो । देशको विकासमा भौतिक पूर्वाधार आवश्यक छ मन्त्री चित्रकारले भन्नुभयो, आयआर्जनका लागि उद्यमशीलता,  व्यवसायीकरण पनि आवश्यक भएकोले कृषिलाई उद्योगका रुपमा विकास गर्नु आवश्यक छ । उहाँले पूर्वाधार विकाससँगै 
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछानेले कृषिमा आधुनिकीकरणसँगै व्यावसायीकरण आवश्यक भएको बताउँदै कृषि उत्पादनलाई बजारसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । 
प्रदेश सभा सदस्य लामिछानेले प्रदेश सरकारले कृषि उद्यमशीलतालाई जोड दिएको बताउँदै स्थानीय तहलाई बजेट उपलब्ध गराउने र स्थानीय तहले पकेट क्षेत्र बनाएर उत्पादनमा जोड दिनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको अध्ययनले देखाएको बताउँदै किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरी घार उपलब्ध गराएको बताउनुभयो । उहाँले पालिकाका किसानले उत्पादन गर्ने कृषिजन्य उत्पादनको बजारीकरणका लागि पालिकाले सहजीकरण गर्ने बताउनुभयो । 
कृषकलाई प्रोत्साहित गर्न मौरीको घार वितरण गरेको जानकारी गराउनुहुँदै पालिका अध्यक्ष लामिछानेले भन्नुभयो, “तपाईहरु उत्पादन गर्नुहोस् म तपाईहरुले उत्पादन गरेको मह बजारीकरणको लागि व्यवसायीसँग समन्वय र सहकार्य गर्छु, उत्पादन भएको महका लागि बजारको समस्या हुँदैन ।” किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न पालिकाले विभिन्न कार्ययोजना अघि सारेको चर्चा गर्दै उहाँले मौरी घार वितरण गरिएको क्षेत्रका फलफूलका बिरुवा वितरण गर्ने योजना रहेको सुनाउनुभयो । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि ईन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 
कार्यक्रमका बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला कुमारी वाईबा, वडा नं. ११ का वडाध्यक्ष गोपाल न्यासुर लामा, वडा नं.१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाई,  गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायत स्थानीय किसानको उपस्थिति रहेको थियो ।

1708872640446-1708872748.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...