Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

फेसबुके मायाले नवजात शिशुलाई झाडिमा पुर्यायो।

1730976415177-1730976713.jpg

मकवानपुरको थाहा नगरपालिका ४ शिखरकोटस्थित सार्वजनिक शौचालयनजिकै झाडीमा नवजात शिशु भेटियो। मंगलबार साँझ झाडीमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरिदिए। 

इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुग्यो। कार्यालयका प्रमुख प्रहरी निरिक्षक सबिन बाबु अर्यालको कमान्डमा पुगेको प्रहरी टोलीले घटनाबारे जानकारी लिए।

झाडीमा भेटिएको शिशु (बालक) को उद्धार गर्‍यो। झाडीमा शिशु फेला परेपछि कहाँबाट, कसले छाड्यो भनेर खोजतलास गर्दै जाँदा स्थानीयले दिएको जानकारीका आधारमा शिशुकी आमा २८ वर्षकी मिना(नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरे। 

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौँमा बसोबास गर्ने मिनाले आफ्नो १० दिनको शिशु झाडीमा फालेको स्वीकार गरिन्। सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्‌को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुई सन्तानकी आमा मिनाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन्। 

फेकबुकबाट लभ परेपछि।।।  
मिनाले प्रहरीलाई दिएको बयानअनुसार उनको केही वर्षअघि फेसबुकमार्फत पुरुषसँग माया बस्यो। तिनै पुरषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रहन पुग्यो। तर यो थाहा पाउनासाथ फेसबुकमा मिनालाई ब्लक गर्दै ती पुरुष बेपत्ता भए।

‘१० दिनअघि थापाथली अस्पतालमा शिशुको जन्म भएको रहेछ’, प्रहरी निरिक्षक अर्यालले भने, ‘सुत्केरी भएपछि उहाँ पालुङमा रहेको आफ्नी दिदीको घर आउनुभएको रे। पहिलाको श्रीमान् नभएको मान्छेले बच्चा जन्मायो भनेर घरबाट हेला गरेपछि दिदीको घर आउनुभएको भन्ने बुझियो। शिशुलाई झाडीमा फालेको उहाँ आफैँले स्वीकार गर्नुभएको छ।’

अहिले शिशुलाई आमाको जिम्मा लगाइएको र शिशुको अवस्था पनि सामान्य रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख, प्रहरी निरीक्षक अर्यालले जानकारी दिए।

बच्चाको आमाले दिएको बयानका आधारमा ती युवकको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।

1730976415177-1730976714.jpg
1730976418117-1730976714.jpg
1730976418117-1730976714.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...