jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रेस सेन्टर मकवापनुरले तोक्यो निर्वाचन लक्षित कमाण्ड

1648900771791-1648900807.jpg

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले जिल्ला अन्तर्गत रहेका ८ वटा गाउँपालिका तथा २ वटा नगरपालिकामा आसन्न निर्वाचन लक्षित समाचार संयोजनकालागि कमाण्ड तोकेको छ । शनिबार बसेको सेन्टरको बैठकले कमाण्ड तोकिएको हो 
बैठकले जिल्ला कमाण्डमा केन्द्रीय सदस्य कृष्ण सारु मगर, जिल्ला अध्यक्ष अञ्जली थापा, लगायत केन्द्र, प्रदेश, जिल्ला कमिटीमा रहेका पदाधिकारी सबैलाई तोक्ने निर्णय गरेको छ 
यस्तै, बैठकले बागमती गाउँपालिकाकालागि विवेक सिन्तान, बकैयाकालागि शुभलक्ष्मि विक, हेटौंडा उपमहानगरपालिकामा नवराज वाईबा र राजेश गरिब, मकवानपुरगढी गाउँपालिकामा एमपि शर्मा, भीमफेदी गाउँपालिकामा सरला अधिकारीलाई कमाण्ड एव्म समाचार डेस्क प्रमुखको रुपमा तोकिएको छ । यस्तै, मनहरि गाउँपालिकामा उमेश राई, राक्सिराङ गाउँपालिकामा जयराम मुक्तान, थाहा नगरपालिकामा इच्छापूर्ण कार्की, इन्द्रसरोवर गाउँपालिकामा मुकेश गोले, कैलाश गाउँपालिकामा राजकुमार स्याङबोलाई कमाण्ड एवम् समाचार डेस्क प्रमुखको जिम्मेवारी तोकिएको छ । 
यसैगरि, विभिन्न सञ्चार माध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको नीजि स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट हुनेगरि व्यवस्थापन गरिएको आजको बैठकले निर्णय गरेको छ । छुट प्राप्तीकालागि परिचय पत्रको व्यवस्था गरिने पनि बैठकले निर्णय गरेको छ । 
बैठकमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक सर्केश घलान, बागमती परिषद् सदस्य कमान सिं पाख्रिन (पृथक) साथै प्रेस सेन्टर बागमती प्रदेश कमिटी सदस्य मिना श्रेष्ठलगायतको उपस्थिति थियो । 
बैठक सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...