pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रेस सेन्टर मकवानपुरको साधारणसभा १० बुदे घोषणा पत्र जारी गर्दै सकियो।

FB_IMG_1676825268952-1676825298.jpg


प्रेस सेन्टर नेपाल, मकवानपुरको २०७९ फल्गुन ६ गते हेटौंडामा  सम्पन्न साधारणसभाबाट १० बुदे  घोषणा पत्र २०७९ जारी गरियको छ।
घोषणा पत्रमा भनियको छ
१.जिल्लामा रहेका साना लगानिमा संचालित स्वरोजगार मुलक मिडियाहरुलाई  सहयोग , संरक्षण र प्रबर्द्धनका लागि प्रदेस र स्थानिय सरकारलाइ अनुरोध गर्ने निर्णय गरियो ।
२. जिल्लामा संचालित सम्पुर्ण मिडियाहरुको प्रदेस सरकारलाई अपनत्व लिन आग्रह गर्ने निर्णय गरियो ।
३. समानुपतिक बिज्ञापन नीति कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरियो ।
४. श्रमजिबि पत्रकारहरुको हक हितको लागि मुख्य मन्त्रीले स्थापना गर्नु भएको सामाजिक सुरक्षा कोषको स्वागत गर्दै  समाजिक सुरक्षा कोषमा आबद्ध हुँदै अघि बड्न अपिल गर्ने निर्णय गरियो ।
५. स्थानिय तहहरुलाइ जिल्लामा रहेका स्थानिय मिडियाहरुलाइ सहयोग प्रबर्द्धन गर्न अपिल गर्ने निर्णय गरियो ।
६. श्रम जिबि पत्रकारहरुले पाउनु पर्ने न्युनतम पारिश्रमिक सेवा सुबिधा पुर्ण रुपमा कार्यान्वयन  गराउन अपिल गर्ने निर्णय गरियो ।
७. जिल्लामा रहेका कल कारखानाहरुलाइ जिल्लामा सन्चालित आम संचार गृहलाइ सहयोग गर्न अपिल गर्ने निर्णय गरियो ।
८. साना लगानिका स्वरोजगार  मुलक मिडियाहरुलाइ उधोगको सरह मान्यता दिदै सेवा सुबिधा उपलब्ध गराउन अपिल गर्ने निर्णय गरियो ।
९. जिल्लामा कार्यरत महिला पत्रकारहरुको  लागि सुत्केरी भत्ता बितरण्को लागि कोष स्थापना गर्ने निर्णय गरियो ।
१०. मकवानपुर जिल्लाका सम्पुर्ण पत्रकारहरुको लागि उपचार कोष स्थापना गर्ने निर्णय गरियो ।

साधारणसभामा प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरले  पाँच जनालाई सम्मन गरेको छ । सेन्टरले शनिबार हेटौँडामा भएको वार्षिक साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रममा नगद पाँच हजार सहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा प्रहर खवरका प्रधान सम्पादक  आचार्य सहित गोरखापत्र दैनिकका राममणि दाहाल, कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी, बागमती टेलिभिजनका तिलक अधिकारी र टिम टेलिभिजनाकी भावना रिजाल रहेका छन् ।उनीहरुलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सम्मानीत गरेका थिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले तथ्यपरक र निष्पक्ष समाचार लेख्न आग्रह अग्रह गरिन् । पछिल्लो समय सञ्चार क्षेत्र र सञ्चारकर्मी आफै समस्यामा रहेको बताउँदै उनले सञ्चारकर्मीको क्षमता अभिवृद्धिलगायत सवालमा प्रदेश सरकारले सहयोग गर्ने बताइन् । उनले  कानुन निर्माणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् ।

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी,  प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का, प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, पत्रकार महासङ्घ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी, पत्रकार कुमार अधिकारी, रामकुमार एलन, बालकृष्ण चौलागाईँ, नवराज वाइबालगायतको उपस्थिती रहेको थियो ।

  

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

FB_IMG_1676825282398-1676825299.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...