Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रस्तावित मोक्ष धामकोलागी मुख्यमन्त्री बानियाँद्वारा एक करोड रुपैयाँ सुनिश्चितता गर्ने प्रतिबद्धता

FB_IMG_1756049820116-1756049834.jpg

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भएको छ ।

‎आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले नगरको चौतर्फी विकासका लागि बागमती सरकार तयार रहेको बताउदै थाहा नगरको विकासको मुख्य आधार पर्यटन भएको बताउनु भयो । मुख्यमन्त्री बानियाँले थाहामा धार्मिक पर्यटनको विकास गर्न आफू तयार रहेको बताउदै चालू आर्थिक वर्ष मै एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भयो ।

‎  वहाँले कभर्ड हल लगायत अन्य पुर्वाधारमा पनि प्रदेश सरकारको सहयोग निरन्तरता हुने बताउदै थाहा नगरपालिकामा ठेक्का हालेर काम समयमानै सम्पन्न नगर्ने ठेकेदारलाइ कारबाही गरि कालोसूचीमा राख्ने वचन दिए।

‎मुख्यमन्त्री बानियाँ थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको हो ।

‎कार्यक्रमको अवसरमा बागमती प्रदेश कै दोस्रो पूर्ण संस्थागत सुत्केरी पालिका बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले थाहा नगरको विकासका निमित्त महेन्द्र राजमार्गको मनहरी खण्डबाट राक्सिराङ, कैलाश हुँदै थाहा नगरपालिकाबाट काठमाडौं जोडिने गरि रुपचन्द्र विष्ट मार्गलाई साझा कार्यक्रमको रुपमा अघि बढाउन सके थाहामा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।

‎ बागमती प्रदेश सदस्य कुमारी मोक्तानले अघिल्लो सरकारले थाहा नगरपालिकामा प्रदेश सरकारबाट क्रमागत र बहुबर्षिय रुपमा पारेको योजनामा समेत बजेट नपारेको दुख व्यक्त गर्दै थाहाको बिकासको लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराए।

‎ तेसैगरी बागमती प्रदेशको स्वाथ्यमन्त्री किरण थापा मगरले प्राथमिक स्वाथ्यकेन्द्र पालुङमा एक जना डाक्टर सहित आवश्यक उपकरण सहित एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्द्ता व्यक्त गरे।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...