pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रदेश सरकारले समयमा निर्माण सम्पन्न नगरेकोले पुल निर्माण ठेक्का रद्द गर्दै

CamScanner-०४-०६-1680774181.jpg

हेटौंडा, २३ चैत
वाग्मती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतबाट ठेक्का सम्झौता भएर काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोड्ने काम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि सामरी खोलामा निर्माण गर्न लागिएको पुल निर्माण सम्झौता भएको ५ वर्षसम्म पनि नबनेपछि कम्पनीसँगको ठेक्का भौतिक पूर्बाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ । 
पुर्बाधार विकास कार्यालय चितवन र नागार्जुन—शंकरमाली जे.भी. बिच २०७२ सालमा सम्झौता भएको उक्त ठेक्का २०७४ सालमा निर्माण सम्पन्न हुनपर्नेमा २ पटक म्याद थप गर्दा पनि हालसम्म निर्माण कार्य अगाडी नबढाइएको भन्दै मन्त्रालयले ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई ३ बर्षको लागि कालोसुचीमा समेत राख्ने निर्णय गरेको हो ।
नागार्जुन—शंकरमाली जे.भी.ले समयअबधीभित्र निर्माण सम्पन्न गर्न नसकेपछी प्रथमपटक २०७५ साल चैत २६ गते ३ महिना ४ दिनको लागि समय थप गरिएकोमा काम हुन नसकेपछी २०७६ साल फागुन ८ गते पुनः १ बर्षको लागि समय थप्दापनि हालसम्म काम नभएकोले ठेक्का रद्द गर्नुपरेको भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलालले जानकारी दिनुभयो । जनताको जनजिवनसंग जोर्डिको विकासका पुर्वाधार निर्माणमा पटक पटक समय थप्दा पनि काम नभएपछी रद्द गर्नुको विकल्प नरहेको उहाँको भनाई छ । प्रदेश सरकारसंग पहुँचको आधारमा काम छल्ने कार्य अबको दिनमा अन्त्य हुने मन्त्री दुलालले दाबी गर्नुभयो ।
कार्यप्रगती सन्तोष जनक नभएको र मन्त्रालयमा बैठक बोलाउदासमेत निर्माण कम्पनी अनुपस्थित रहनुको साथै आफुले जिम्मा लिएको काममा चासो नदेखाइदिदा राज्यले लगानी गर्दा पनि सर्बसाधरणले दुःख भोग्नपर्ने अबस्था आएपछी ठेक्का रद्द गरेर अब उक्त कार्य नर्या निर्माण कम्पनीलाई दिंदै काम सम्पन्न गर्ने मन्त्री दुलालले जनाउनुभयो । सार्बजनिक खरिद ऐन२०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । पुलको सम्झौता अनुसारको लागत रकम ५ करोड ३७ लाख ९२ हजार ३ सय ५ रुपैंया ३० पैसा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्य सम्पादन जमानत बमोजिमको बैंक ग्यारेन्टी रकम रु. २६ लाख ९० हजार समेत जफत गर्ने जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...