pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रचण्ड थाहामा आउने भएपछि बिशेष महत्व राख्छ:-प्रदेश सांसद मोक्तान

FB_IMG_1730787334912-1730986519.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले थाहा नगरमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड आउने कुराले बिशेष महत्व राख्ने बताईन् ।
बिहीबार थाहा नगरमा हुने कार्यक्रमको तयारी अवलोकन तथा कार्यकर्ता भेटघाटका क्रममा मोक्तानले थाहा नगरमा प्रचण्डको उपस्थिति महत्वपूर्ण भएको बताईन् । मोक्तानले पार्टी अध्यक्षको स्वागत अनुशासित र ब्यवस्थित तरिकाले गर्न निर्देशन समेत दिईन् ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको थाहा नगरको इन्द्रायणीचौरमा हुने दोस्रो सम्मेलनको उद्घाटन गर्न आगामी २४ गते शनिवार थाहा नगर आउने भएका हुन् ।
सम्मेलन उद्घाटनसंगै प्रचण्डले पूर्व जनमुक्ति सेना, जनयुद्धका शहीद, घाईते, अपांगको परिवारलाई सम्मान र कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवम् थाहा नगर ईञ्चार्ज लवशेर बिष्टले बताए ।


अध्यक्ष प्रचण्डको स्वागतको लागि बिभिन्न स्थानमा गेट निर्माण गरिनुका साथै स्वागत ब्यानरहरु राख्ने कार्य भईरहेको वाईसियल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार थिङले बताए ।
यसैबिच शनिबार हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको वाईसियल नेपाल थाहा नगर कमिटीका अध्यक्ष मानसिं दोङले बताए । सम्मेलनको लागि थाहा नगरका सबै वडाबाट प्रतिनिधि र पर्यब्यक्षकको छनौट भईसकेको उनले बताए ।
वाईसियल थाहानगर सम्मेलनमा प्रचण्ड आउने कुराले जिल्लाका अन्य पार्टीका नेतृत्वले समेत उत्सुकता र महत्वका साथ हेरिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg