Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

प्रचण्ड थाहामा आउने भएपछि बिशेष महत्व राख्छ:-प्रदेश सांसद मोक्तान

FB_IMG_1730787334912-1730986519.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले थाहा नगरमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड आउने कुराले बिशेष महत्व राख्ने बताईन् ।
बिहीबार थाहा नगरमा हुने कार्यक्रमको तयारी अवलोकन तथा कार्यकर्ता भेटघाटका क्रममा मोक्तानले थाहा नगरमा प्रचण्डको उपस्थिति महत्वपूर्ण भएको बताईन् । मोक्तानले पार्टी अध्यक्षको स्वागत अनुशासित र ब्यवस्थित तरिकाले गर्न निर्देशन समेत दिईन् ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको थाहा नगरको इन्द्रायणीचौरमा हुने दोस्रो सम्मेलनको उद्घाटन गर्न आगामी २४ गते शनिवार थाहा नगर आउने भएका हुन् ।
सम्मेलन उद्घाटनसंगै प्रचण्डले पूर्व जनमुक्ति सेना, जनयुद्धका शहीद, घाईते, अपांगको परिवारलाई सम्मान र कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवम् थाहा नगर ईञ्चार्ज लवशेर बिष्टले बताए ।


अध्यक्ष प्रचण्डको स्वागतको लागि बिभिन्न स्थानमा गेट निर्माण गरिनुका साथै स्वागत ब्यानरहरु राख्ने कार्य भईरहेको वाईसियल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार थिङले बताए ।
यसैबिच शनिबार हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको वाईसियल नेपाल थाहा नगर कमिटीका अध्यक्ष मानसिं दोङले बताए । सम्मेलनको लागि थाहा नगरका सबै वडाबाट प्रतिनिधि र पर्यब्यक्षकको छनौट भईसकेको उनले बताए ।
वाईसियल थाहानगर सम्मेलनमा प्रचण्ड आउने कुराले जिल्लाका अन्य पार्टीका नेतृत्वले समेत उत्सुकता र महत्वका साथ हेरिएको छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png