himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

प्रचण्ड आज थाहा आउदैं, ईन्द्रायणी चौरमा सम्बोधन गर्ने
यस्तो छ कार्यतालिका

FB_IMG_1731119324458-1731119334.jpg

मकवानपुर, २४ कात्तिक । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार थाहा नगरपालिकाको पालुङ आउँदै छन् ।

नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड आज पालुङ आउन भएका हुन् । उनले पालुङको ईन्द्रायणीचौरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्डसंगै पार्टीका केन्द्रिय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्नी सापकोटा पनि आउने कार्यक्रम रहेको छ ।

प्रचण्ड आज बिहान ९ बजे चित्लाङ-चन्द्रागिरी (गणेशमान सिंह मार्ग)को हुँदै चित्लाङ आइपुग्ने जनाइएको छ । अध्यक्ष प्रचण्डलाई चित्लाङबाट मोटरसाईकलर्याली सहित स्कर्टिङ गर्दै पालुङ ल्याउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद कुमार लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डले बिहानको खाना बज्रबाराहीमा खाने कार्यक्रम रहेको उनले बताए ।

चित्लाङबाट पालुङ आउँदा त्यस बीचमा पर्ने थाहा नगरको १०, ६, १ नम्बर वडा समितिले अध्यक्ष प्रचण्डलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डसँगै पार्टीका उपाध्यक्ष अग्नी सापकोटा, बाइसीएलका केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा 'दिपशिखा', अध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेनालाई सम्मान गरिने छ ।

कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ ।

अध्यक्ष प्रचण्डले कुन्छालमा सहिद परिवारसँग भेटघाट र सम्मान गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बस्ने कार्यक्रम रहेको छ । उनले त्यही नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg