pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पैसा तिर्न नसक्दा भीमफेदी–९ का थिङ अस्पतालको आइसियुमै बन्धक

IMG_20201008_181443-1602160201.jpg

बिरामी सामान्य अवस्थामा फर्किदा समेत पैसा नतिरेको भन्दै चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले मेडिकल आइसियूबाट बिरामीलाई साधारण बेडमा पनि सारेको छैन ।

मकवानपुर भीमफेदी गाउँपालिका-९ का राजु थिङ (३४ वर्ष) लाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको हो । राजुकी श्रीमती संगीता थिङका अनुसार औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी छ । अढाई लाख रुपैयाँ उनीहरूले खर्च गरिसकेका छन् ।

राजु हेटौँडास्थित लोकप्रिय होटेलमा कुक थिए । उनकी श्रीमती सोही होटेलमा भाँडा माझ्थिन् । कोभिड-१९ का कारण बजारसँगै होटेल बन्द भए । दोस्रो पटक लकडाउनको म्याद थपिएपछि उनीहरू १२ वर्षकी छोरीसहित घर फर्किए । कमाइ नभएपछि उनीहरूले कोठा भाडा पनि तिर्न सक्ने अवस्था रहेन ।

घर पुगेपछि खोलामा माछा मार्न जाँदा राजु लडे । त्यतिवेला सामान्य औषधि उपचारपछि ठीकै देखिएका राजु भदौ अन्तिममा अचानक बेहोस भए । त्यसपछि परिवारले उनलाई हेटौँडाकै विभिन्न अस्पताल पुर्‍यायो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चितवन मेडिकल कलेज ल्याइयो । सिएमसीमा उपचार सुरु भएको १० दिनपछि उनको होस खुल्यो । संगीताका अनुसार उनलाई निमोनिया भएको रहेछ ।

सुरुको केही दिन परिवारबाट सापटी मागेर उपचार खर्च जुट्यो । तर, सापटी पनि नपाउने अवस्था भएपछि उनीहरू बेखर्ची बने । राजुकी श्रीमती संगीता लेखपढ गर्न जान्दिनन् । सोहीकारण आइसियूमा राख्दा दैनिक सात हजार रुपैयाँ खर्च हुने गरेको उनले पछि मात्र थाहा पाइन् ।

श्रीमानको अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरिन् । तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बतायो । राजुको परिवारले अस्पतालबाट छुट पाउने आसमा स्थानीय तहको सिफारिस पनि ल्यायो ।

तर, क्षयरोग, क्यान्सर र कोभिड-१९ को उपचारका लागि मात्र स्थानीय तहको सिफारिसबाट छुट पाइने अस्पतालले बतायो । अहिले संगीतासँग साँझबिहान खाना खाने पैसा पनि छैन । भोकभोकै श्रीमानलाई कुरेर बसेकी छिन् । नयाँपत्रिका दैनिकबाट

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...