Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

पालुङ स्वास्थ्य केन्द्र भन्छ निशुल्क औषधी छ . तर उपभोक्ता भन्छन किनेर उपचार गराई रहेका छौं ।
विना मुक्तान

कर्मचारी नहुँदा काम गर्न सकिएन : अस्तताल प्रशासन /अब जनगुनासो समाधान गर्नेगरि सुधाछौं : अध्यक्ष लामा

 १५ शैयाको अस्पताल स्तरोन्नतीको तयारीमा रहेको थाहा नगरपालिका स्थित पालुङ प्राथमीक स्वास्थ्य केन्द्रमा नेपाल सरकारको निःशुल्क स्वास्थ्य शेवा निति प्रभावकारी ढंगले लागु गरेको दाबी गरेकोे छ ।    वि.सं. २०२८ सालदेखि थाहा नगरपालिका-४, दोवोटो स्थित स्वास्थ्य केन्द्रले नियमित रुपमा स्वास्थ्य सेवा सुरु गरेता पनि विरामीको लागि भने सन्तोषजनक सेवा दिन नसकिरहेको र्सबसाधारणले गुनासो गरेका छन् । गुस्तरीय स्वास्थ्य सेवाले मानिसको बाँच्न पाउने अधिकार भएता पनि थाहा  नगरपालिकामा गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल नहुनु र भएको एक मात्र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि सरकारी मापदण्ड अनुसार सेवा दिन नसक्दा महंगो शूल्क तिरी स्वास्थ्य सेवा लिन बाध्य भएका छन् । नेपाल सरकारले स्वास्थ्यचौकीवाट ६१ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्ने  भने पनि सेवा ग्राहीलाई भने यसवारे यथोचित जानकारी नहुँदा औषधि पाउन बन्चित हुनुका साथै महंगोमा किन्न बाध्य बनेका छन् । 


   पछिल्लो समय पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीलाई भने ६१ थरी औषधी निःशुल्क रुपमा बितरण गर्दै आइरहेको स्वास्थ्यकेन्द्रका प्रमुख डाक्टर रिनेश   अधिकारीले दावी गर्नुभयो ।
        थाहा ४ की २२ बषर्ीय पुजा खत्रीले भने स्वास्थ्य केन्द्रको कम्जोरीले आफुले सन्तोषजनक उपचार नपाएको र स्वास्थ्य केन्द्रमा औषधि नभएकोले महंगो दरमा बाहिर किन्नु परेको बताउनु भयो । उहाँले गर्भबती जाँचको लागि स्वास्थ्य केन्द्रमा आउँदा कर्मचारीबाट वेवास्था भई लामो समयसम्म कर्ुर्नु परेको कारणले असहज भएको गुनासो व्यक्त गर्नु भयो । 
   यस्तै थाहा नगरपालिका वडा नम्बर १० की ७९ बषिर्या चिनिमाया गोपालीले मुटु रोगको समस्या भएकोले स्वास्थ्य उपचारको लागि पटक-पटक काठमाण्डौं जानुपर्ने भएकोले     धेरै खर्च भैरहेको तथा जान आउन समस्या भोग्नु परेको दुखेसो पोख्नु भयो । यहाँले यसै केन्द्रबाट उपचार सुविधा भैदिए कम खर्चमा सजिलै उपचार हुने आशा व्यक्त गर्नु भयो । 

कर्मचारी नहुँदा काम गर्न सकिएन ः अस्तताल प्रशासन
   हाल १२ जना कर्मचारी रहेको  स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट-१, स्टाफ नर्स-१, अहेव-१ र अनमी-१ गरि जम्मा ४ जना कर्मचारी मात्र भएको हुँदा २४ सै घण्टा सेवा पुर्‍याउन कठिनाइ भैरहेको डा. अधिकारीले बताउनु भयो ।

थाहा नगरपालिका र जनस्वास्थ्य कार्यालय मकवानपुर लाई लिखित पत्राचार गरी जानकारी गराएता पनि पद पर्ूर्तीमा हुन ढिलाई भएका कारण शुलभ उपचार प्रदान गर्न नसकेको पनि डा. अधिकारीले स्वीकार्नुभयो ।  

फोहर जलाउने स्थान छैन ।

   प्राथमिक स्वास्थ्य केन्द्र वरपरका स्थानिय बासिन्दाहरुले पोष्टमार्टम घर व्यबस्थित नभएकोले दर्ुगन्ध फैलिएको रअस्वस्थ वातावरण बनाएको गुनासो बढेपछि यस बिषयमा सरोकारवाला निकायको ध्यानाकर्षाको लागि अनुरोध गरिएकोले छिट्टै समाधान खोजिने बताइएको छ ।

अब जनगुनासो समाधान गर्नेगरि सुधाछौं ः अध्यक्ष लामा
   स्थानिय निर्वाचन पश्चात गठित नयाँव्यवस्थापन समितिले भने बिरामीको गुणस्तरीय उपचार सँगै नेपाल सरकारको निःशुल्क औषधी सेवा तथा स्वास्थ्य विमा उपचार सेवा    प्रभावकारी बनाउनका लागि काम सुरु भैसकेको व्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामाले बताउनु भयो ।
   उहाँले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले हाल थाहा नगरपालिकाको सहयोगमा निःशुल्क ल्याब सेवा संचालन भैरहेकोले विरामीहरुले सुविधा लिनका लागि अनुरोध गर्नुभयो ।


   नेपाल सरकारको सामाजिक सुरक्षा स्वास्थ्य बिमा कार्यक्रम अर्न्तर्गत ९२८ थरीका औषधी निःशुल्क बितरण गर्ने नियम अनुसार स्वास्थ्य केन्द्रमा गत भदौ २८ गतेबाट आन्तरीक फोर्मेसी सुरु भैरहेको पनि अध्यक्ष लामाले बताउनु भयो । आन्तरीक फार्मेसीमा हालसम्म १८० बिमित व्यक्तिका परिवारले ३० हजार बराबरको निःशुल्क औषधी सेवा लिइसकेको स्वास्थ्य केन्द्र प्रमुख डाक्टर अधीकारीले बताउनु भयो । 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png