Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पालुङ स्वास्थ्य केन्द्र भन्छ निशुल्क औषधी छ . तर उपभोक्ता भन्छन किनेर उपचार गराई रहेका छौं ।
विना मुक्तान

कर्मचारी नहुँदा काम गर्न सकिएन : अस्तताल प्रशासन /अब जनगुनासो समाधान गर्नेगरि सुधाछौं : अध्यक्ष लामा

 १५ शैयाको अस्पताल स्तरोन्नतीको तयारीमा रहेको थाहा नगरपालिका स्थित पालुङ प्राथमीक स्वास्थ्य केन्द्रमा नेपाल सरकारको निःशुल्क स्वास्थ्य शेवा निति प्रभावकारी ढंगले लागु गरेको दाबी गरेकोे छ ।    वि.सं. २०२८ सालदेखि थाहा नगरपालिका-४, दोवोटो स्थित स्वास्थ्य केन्द्रले नियमित रुपमा स्वास्थ्य सेवा सुरु गरेता पनि विरामीको लागि भने सन्तोषजनक सेवा दिन नसकिरहेको र्सबसाधारणले गुनासो गरेका छन् । गुस्तरीय स्वास्थ्य सेवाले मानिसको बाँच्न पाउने अधिकार भएता पनि थाहा  नगरपालिकामा गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल नहुनु र भएको एक मात्र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि सरकारी मापदण्ड अनुसार सेवा दिन नसक्दा महंगो शूल्क तिरी स्वास्थ्य सेवा लिन बाध्य भएका छन् । नेपाल सरकारले स्वास्थ्यचौकीवाट ६१ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्ने  भने पनि सेवा ग्राहीलाई भने यसवारे यथोचित जानकारी नहुँदा औषधि पाउन बन्चित हुनुका साथै महंगोमा किन्न बाध्य बनेका छन् । 


   पछिल्लो समय पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीलाई भने ६१ थरी औषधी निःशुल्क रुपमा बितरण गर्दै आइरहेको स्वास्थ्यकेन्द्रका प्रमुख डाक्टर रिनेश   अधिकारीले दावी गर्नुभयो ।
        थाहा ४ की २२ बषर्ीय पुजा खत्रीले भने स्वास्थ्य केन्द्रको कम्जोरीले आफुले सन्तोषजनक उपचार नपाएको र स्वास्थ्य केन्द्रमा औषधि नभएकोले महंगो दरमा बाहिर किन्नु परेको बताउनु भयो । उहाँले गर्भबती जाँचको लागि स्वास्थ्य केन्द्रमा आउँदा कर्मचारीबाट वेवास्था भई लामो समयसम्म कर्ुर्नु परेको कारणले असहज भएको गुनासो व्यक्त गर्नु भयो । 
   यस्तै थाहा नगरपालिका वडा नम्बर १० की ७९ बषिर्या चिनिमाया गोपालीले मुटु रोगको समस्या भएकोले स्वास्थ्य उपचारको लागि पटक-पटक काठमाण्डौं जानुपर्ने भएकोले     धेरै खर्च भैरहेको तथा जान आउन समस्या भोग्नु परेको दुखेसो पोख्नु भयो । यहाँले यसै केन्द्रबाट उपचार सुविधा भैदिए कम खर्चमा सजिलै उपचार हुने आशा व्यक्त गर्नु भयो । 

कर्मचारी नहुँदा काम गर्न सकिएन ः अस्तताल प्रशासन
   हाल १२ जना कर्मचारी रहेको  स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट-१, स्टाफ नर्स-१, अहेव-१ र अनमी-१ गरि जम्मा ४ जना कर्मचारी मात्र भएको हुँदा २४ सै घण्टा सेवा पुर्‍याउन कठिनाइ भैरहेको डा. अधिकारीले बताउनु भयो ।

थाहा नगरपालिका र जनस्वास्थ्य कार्यालय मकवानपुर लाई लिखित पत्राचार गरी जानकारी गराएता पनि पद पर्ूर्तीमा हुन ढिलाई भएका कारण शुलभ उपचार प्रदान गर्न नसकेको पनि डा. अधिकारीले स्वीकार्नुभयो ।  

फोहर जलाउने स्थान छैन ।

   प्राथमिक स्वास्थ्य केन्द्र वरपरका स्थानिय बासिन्दाहरुले पोष्टमार्टम घर व्यबस्थित नभएकोले दर्ुगन्ध फैलिएको रअस्वस्थ वातावरण बनाएको गुनासो बढेपछि यस बिषयमा सरोकारवाला निकायको ध्यानाकर्षाको लागि अनुरोध गरिएकोले छिट्टै समाधान खोजिने बताइएको छ ।

अब जनगुनासो समाधान गर्नेगरि सुधाछौं ः अध्यक्ष लामा
   स्थानिय निर्वाचन पश्चात गठित नयाँव्यवस्थापन समितिले भने बिरामीको गुणस्तरीय उपचार सँगै नेपाल सरकारको निःशुल्क औषधी सेवा तथा स्वास्थ्य विमा उपचार सेवा    प्रभावकारी बनाउनका लागि काम सुरु भैसकेको व्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामाले बताउनु भयो ।
   उहाँले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले हाल थाहा नगरपालिकाको सहयोगमा निःशुल्क ल्याब सेवा संचालन भैरहेकोले विरामीहरुले सुविधा लिनका लागि अनुरोध गर्नुभयो ।


   नेपाल सरकारको सामाजिक सुरक्षा स्वास्थ्य बिमा कार्यक्रम अर्न्तर्गत ९२८ थरीका औषधी निःशुल्क बितरण गर्ने नियम अनुसार स्वास्थ्य केन्द्रमा गत भदौ २८ गतेबाट आन्तरीक फोर्मेसी सुरु भैरहेको पनि अध्यक्ष लामाले बताउनु भयो । आन्तरीक फार्मेसीमा हालसम्म १८० बिमित व्यक्तिका परिवारले ३० हजार बराबरको निःशुल्क औषधी सेवा लिइसकेको स्वास्थ्य केन्द्र प्रमुख डाक्टर अधीकारीले बताउनु भयो । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg