pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान

FB_IMG_1736259312315-1736259329.jpg

 

 

 

 

 

हेटौंडा, थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान भएको छ । मङ्गलबार हेटौंडामा भएको मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घको ११ औं वार्षिक साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको हो ।

सङ्घका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विष्टलाई प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो । यसैगरी सङ्घले विभिन्न विधामा सहयोग गर्ने संस्थाहरुलाइ सम्मान गरेको छ । सङ्घले रिद्घि सिद्धी सिमेन्ट प्रालि, सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाइ सम्मान गरेको छ ।

कार्यक्रममा सञ्चारकर्मीतर्फ सुनिल शिवाकोटी , नियमित बचतकर्तातर्फ राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थालाई पनि सम्मान गरेको थियोे । जिल्लामा ५० भन्दाबढि बहुउद्देश्यीय सहकारी संस्था रहेता पनि ३२ सहकारी सक्रिय रहेको र सङ्घमा २३ वटा संस्था आवद्ध रहेका छन् । १ लाख ४० हजार शेयरपुजीँ रहेको सङ्घमा २८ लाख ५ हजार ६४२ रुपैयाँ बचत रहेको छ । सङ्घको जगेडा कोषमा २ लाख १ हजार ३८५ रुपैयाँ रहेकोछ भने ३७ लाख ७ हजार ७१४ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष न्यौपानेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए ।

सभामा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासङ्घका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटनष तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, हेटौंडा९९का वडा सदस्य विष्णु रानामगर, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सर्वोत्तम संचिति साकोसका अध्यक्ष रामबहादुर बस्नेत, युसेस साकोसका अध्यक्ष उत्तम शर्मा ढकाल, लेखा समिति संयोजक रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg