Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पालुङ बहुउद्देश्यीय सहकारीको १८ औं साधारण सभा सम्पन्न
सहकारीलाई समाज परिवर्तनको संम्बाहक बनाउन सरोकारवालाको जोड

सहकारी अभियानलाई आर्थिक उपार्जनको स्रोत बनाई समाज परिवर्तनको सम्बाहक बनाउनुपर्नेमा सरोकारवालारुले जोड दिएका छन्। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै  प्रमूख अतिथि  राष्ट्रिय सहकारी वैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले दामन पालुङ   तरकारीको पकेट क्षेत्र भएकोले यहाका बासिन्दाले तरकारी किनेर खाने बानी को अन्त्य गर्नुपर्ने र सहकारीको माध्यमबाट कृषीमा आधुनिकिकरण प्रविधि भित्र्याई आर्थिक उपार्जनको दिगो स्रोत बनाउनु पर्ने बताउने भयो । कार्यक्रममा प्रमूख अतिथि पोखरेलले विश्वको आर्थिक ढृष्टिकोणले सफल मानिएका अमेरिका, बेलायत,  लगाएतका मूलुक सहकारी अभियान संचालन गरेरनै आजको हैसियतमा पु्गेकाले त्यो सिको गरेर पनि  हामी सफल हुनेमा जोड दिनु भयो ।

कार्यक्रमका विशेष अतिथी थाहा  नगरपालिका प्रमुख लवशेर बिष्टले यस क्षेत्रमा सहकारीको गतिविधि बढाउन स्थानिय निकाय समन्वय गरि अगाडी बढ्न तयार रहेको बताउदै सहकारी अभियान नागरिकको उन्नती र प्रगतिको विषय सँग जोडिएकाले यसलाई उद्यमशिलतासँग जोडी व्यवसायिक अभियानमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।  कृषी पेशा यस क्षेत्रका नागरिकको मुख्य पेशा भएकाले सो सँग सम्बन्धित आवश्यक तालिम तथा प्रविधी प्रयोग तथा संचालनमा स्थानिय निकायको तर्फबाट सहयोग गर्न तयार रहेको बताउदै प्रमूख विष्टले यस क्षेत्रलाई सफल सहकारी अभियानको क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा थाहा नगरपालिका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष विमल कुमार ढकालले संस्थाका निती तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीलाई अग्रगतिमा लैजानकालागि सवैलाई अनुरोध गर्दै सामूहिक अभियान बनाउन जोड दिनु भएको थियो । साधारण सभामा अध्यक्ष ढकालले ५४ करोड ३६ लाख ५४ हजार ७ सय ३१ रुपैंया ९ पैसाको कारोबारमा यस वर्षको खुद मुनाफा कुल २ करोड २ लाख ७० हजार भएको प्रतिवेदन पेश गर्नु भएको थियो । प्रतिवेदनमा विगतमा गरिएका दिर्घकालिन योजनाहरु मध्ये सहकारी अस्पताल, सहकारी विद्यालय तथा सरकारी कोल्ड स्टोर व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालाहरुसँगको संयुक्त प्रयासबाटमात्र सम्भव हुने  भएकाले योजना संचालनका लागि प्राथमिकतामा राखेको पनि उल्लेख गर्नु भएको थियो । 

कार्यक्रममा शेयर सदस्यहरुको तर्फवाट मधुसुदन विष्ट, पत्रकार प्रताप बिष्ट, ग्रामिण पर्यटन   सहकारी अध्यक्ष निरन्जन   अधिकारी, थाहा स्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण कार्की, एमाले जिल्ला सल्लाहकार राजु नापित, मकवानपुर जिल्ला वचत तथा सहकारी सञ्चालक तथा भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष महेन्द्रनाथ अधिकारी, थाहा नगर उप–प्रमुख खडग बहादुर गोपाली, केन्द्रिय कृषि सहकारी संघको लेखा संयोजक महेश्वर सुवेदी, सहकारीका संस्थापक अध्यक्ष तथा केन्द्रिय संचार सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल थाहा नगर प्रमुख लबशेर बिष्ट तथा राष्ट्रिय सहकारी वैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा समाजमा उल्लेखनीय जीवन विताउनु भएका जेष्ठ नागरिक ९६ बर्षिय कलक बहादुर बिष्ट र ९० वर्षिय मिन कुमारी बस्नेत तथा संस्थाका जेष्ठ सदस्य तर्फवाट गोविन्द प्रसाद ढुङगाना र माइली दमाई लाई नगद, दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । त्यसै गरी शिक्षा सम्मान पुरस्कारवाट यस वर्ष संस्थागत विद्यालय तर्फ एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल हिमालयन इङ्लीस बोर्डिङ स्कुलकी स्मृती कार्की र पालुङ भ्याली हार्ट एकेडेमीका एलिज ढकाल तथा सामुदायिक विद्यालय तर्फ बज्रवाराही मा।वि।का मनिष  विंडारी र श्री सुनौला मा.वि.का योगेश लामिछानेलाई प्रदान गरिएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट   कारोवार गर्नेहरुलाई पनि पुरस्कृत गरिएको थियो । कृषि कर्जा अन्तर्गत राज कुमार के.सी., विक्रम गोपाली, व्यापारिक कर्जा तर्फ विश्वनाथ लामिछाने, शोभा प्रधान र कृष्ण हमाल ठकुरी, दैनिक वचत तर्फ गोपाल प्रधान, सरिता उप्रेती, मणीराज जोशी, बिशेष वचत तर्फ शान्ति पाख्रिन र लघुवित्त कार्यक्रम अन्तर्गत उत्कृष्ट केन्द्र समृद्धशील महिला आय आर्जन केन्द्र, मखमली महिला आय आर्जन समूहलाई सम्मान गरिएको थियो । महिला शसक्तिकरण समान पारिजात महिला आयआर्जन समुह थाहा–१० का  कुमारी गोपाली लाई प्रदान गरिएको थियो ।

सहकारीले हाल रहेको पूँजी रु। ४ करोड ८५ लाख ९ हजार ४ सय लाई बढाई शेयर पूँजी बृद्धि गरि ७ करोड पु¥याउने लक्ष्य लिएको छ ।

तस्विरः रवि विष्ट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg