pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ प्राधिकरणले आज  महशुल नतिर्ने २८ ग्राहकको लाईन काट्यो 

news-palung-1698666425.jpg

नेपाल विद्युत प्राधिकरणले वक्यौता महशुल नतिर्ने उपभोक्ताहरुको लाईन काट्न अभियान संचालन गरेपछि पालुङ वितरण केन्द्रले आज एकै दिन  महशुल नतिर्ने २८ ग्राहकको लाईन काटेको छ । 
लामो समय देखि बाँकी वक्यौता नतिर्ने ग्राहकको लाईन काट्न पालुङ प्राधिकरणले  शुरु गरेकै दिन सोमबार वितरण केन्द्र अन्ततर्गतका औधोगिक व्यावसायिक तथा घरेलु गरि २८ ग्राहकको लाईन काटेको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।    
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुँदै गएपछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो । 
विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ्ग भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान रहेको र पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरि महशुल नबुझाउने ग्राहकको लाईन काट्न शुरु गरिएको पनि प्रमुख माधव न्यौपानेले बताए ।    
१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड १० लाख ९३ हजार १ सय ६३ रुपैंया वक्यौता पुगे पछि महशुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको हो । 
प्राधिकरणले पालुङ वितरण केन्द्र सहित बज्रबाराही,मार्खु,फाखेल,सिस्नेरी लगाएतका फ्यूज सेवालाई परिचालन गरेर एकै पटक सबैतिर वक्यौता नतिर्ने ग्राहकको लाईन काटिएको र आजै काटिकएका २८ मध्ये १३ ग्राहकले ५  लाख ७५ हजार महशुल भुक्तानी  गरि लाईन जोडाई सकेका वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताए ।  
आजबाट शुरु भएको अभियानलाई निरन्तर संचालन गरि बाँकी वक्यौता रहेका सबै ग्राहकको लाईन काटिने पालुङ प्राधिकरणले जनाएको छ ।  
 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...