Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

पालुङ जेसिजको  पदस्थापना कार्यक्रम सम्पन्न 


   थाहा नगरपालिका प्रमुख लबसेर बिष्टले थाहा नगरका जोसिला युबाहरुस“गको सहकार्यमा नगरको समृद्धि छिट्टै हेर्न सकिने विश्वास लिएको बताउनु भएको छ । 
   गत शुक्रबार आयोजित पालुङ जेसिज बर्ष २०१८ को पदस्थापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि रहनु भएका नगर प्रमुख बिष्टले पालुङ जेसीजका जा“गरिला युवाहरुस“गको सहकार्यमा नगरको विकास अगाडि बढ्नेमा आफु ढुक्क रहेको बताउनु हु“दै जेसिजको नया“ समितिलाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो ।
    पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले नया“ कार्य समितिलाई बधाई तथा शुभकामना दिनु हुदै जेसिजका पुर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिको सहकार्यमा पालुङ जेसिजलाई जेसिजको उद्धेश्य प्राप्तिको लागि कार्य गर्नुपर्ने बताउनु भयो साथै संस्थापक अध्यक्ष ढकालले बर्ष २०१८ मा नेपाल जेसिजले पालुङ जेसिजलाई पनि राष्ट्रिय क्रार्यक्रमको आयोजना गर्न सहकार्यको माग समेत गर्नु भएको थियो ।
   विशिष्ट अतिथी जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्षले व्यक्तित्व विकासमा ध्यान दिने, सिक्नसक्ने क्षमता विकास गर्ने, तालिम दिने आफ्नो विवेकको असल प्रयोग गर्न सिकाउने संस्था भएको बताउदै जेसिजबाट नेपालका राजनीतिक दलले जेसिजको शैली अपनाउदै एक बर्ष, एक व्यक्ति, एक पदको कार्यकाल शैली अङ्गाल्ने हो भने देशले विकासमा फड्को मार्ने बताउनु भयो ।
   कार्यक्रमका अतिथि हेटौंडा जेसिज अध्यक्ष अरुण दाहालले शुभकामना तथा बधाई सहित जेसिजको पद हस्तान्तरण गर्ने विधि जस्तै गरि नेपालको सरकार संचालन गर्नका लागि           देशभरीका जेसिज शाखाहरुले झक्झकाउनु पर्नेमा जोड दिनुभयो ।
   कार्यक्रममा जनकल्याण प्राबिधिक तथा साधारण माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा पालुङ जेसिजका पूर्व अध्यक्ष  सानोभाइ कार्कीले थाहाका युवाहरुले सकारात्मक चिन्तनको सहित समाज परिवर्तनको लागि सक्रिय भुमिका निर्वाह गर्नुपर्ने मा जोड दिनु भएको थियो । 
   पालुङ जेसिज बर्ष २०१७ का अध्यक्ष अन्जल प्रधानको सभापतित्वम भएको कार्यक्रमको संचालने बर्ष २०१७ का महासचिव विक्रम केसीले बर्ष २०१७ का उपाध्यक्ष मनोज रायमाझीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
   बर्ष २०१७ का अध्यक्ष प्रधानले आफ्नो कार्यकालमा जेसिजको उन्नतीको लागि सक्दो राम्रो काम गरेको भन्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने कार्यसमिती सदस्यहरु, पूर्व अध्यक्ष लागएत सबैलाइ धन्यवाद दिंदै बर्ष २०१८ को अध्यक्षबाट पालुङ जेसिजले ठुलो आश राखेको ले बा“की कार्यभार पूरा गर्न नया“ कार्य समिति समक्ष आग्रह गर्नु भएको थियो ।
   वर्ष २०१७ का अध्यक्ष अन्जल प्रधानबाट वर्ष २०१८ का अध्यक्ष विजय श्याम अमात्यलाई सपथ ग्रहण गराउनु भएको थियो भने नव कार्य समितिका                   पदाधिकारीहरु सहित बर्ष २०१८ का अध्यक्ष अमात्यले सपथ ग्रहण गराउनु भएको छ । 
   नव कार्यसमितिमा बर्ष २०१८ का अध्यक्ष अमात्यले कानुनी सल्लाहकारमा सुमन विष्ट, महासचिव सानोबाबु मोक्तान, कोषध्यक्षमा विकास  भण्डारी लगायत २९ जनालाई विभिन्न पदहरुमा चयन गर्नु भएको छ ।
   कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ का ३८ जना बृद्घबृद्घालाई बर्ष २०१७ का अध्यक्ष प्रधानको तर्फबाट दिइएको न्यानो कपडा प्रमुख अतिथि विष्टले बितरण गर्नु भएको थियो । बर्ष २०१७ का अध्यक्ष प्रधानले कार्यसमिति पदाधिकारी र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
   कार्यक्रममा विशिष्ट अतिथी थाहा नगर उप–प्रमुख खड्ग गोपाली, अतिथिहरु हेटौंडा जेसिजका इन्कमिङ प्रेसिडेन्ट रवि नेपाल, हेटौंडा        लेडि जेसिजकी महासचिव कृपा थापा, पालुङ वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा मकवानपुर जिल्ला  सहकारी संघका संचालक विमल कुमार ढकाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु लगाएत यस क्षेत्रका विभिन्न कार्यालय तथा संघसस्थाका प्रतिनिधि, जेसिसकर्मीहरु र स्थानिय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png