pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ क्याम्पसमा स्ववियु निर्वाचन तालिका सार्वजनिक, १९ फागुनमा संगठन दर्ता गर्नुपर्ने

FB_IMG_1677515012000_1-1677764235.jpg

पालुङ बहमुखी क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)  निर्वाचनको कार्यक्रम तालिका प्रकाशन गरेको छ । 
 निर्वाचन अधिकृत कुमार नेगीका अनुसार १९ फागुनमा संघ÷संगठन दर्ता गर्ने, २१ फागुनमा मतदाता सूची प्रकाशन गर्ने, २५ फागुनमा मतदाता सूचीउपर दाबी विरोध गर्ने तथा मतदाता सूचीउपर दाबी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्णय गरिएको छ । 

त्यसैगरी २६ फागुनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ उमेदवारको लागि मनोनयन पत्र वितरण गर्ने, २७ फागुनमा उमेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको उमेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । 

२८ फागुनमा उमेदवारको नामावलीउपर दाबी विरोध गर्ने तथा दाबी विरोधउपर छानविन गरी उमेदवारको नामावली प्रकाशन गर्ने, २९ फागुनमा उमेदवारको नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।     

मतदान कार्यक्रम ५ चैतमा विहान ८ बजेदेखि दिनको ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबीच निर्वाचन समितिले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई भेला गरी निर्वाचन तालिकाबारे जानकारी गराउँदै निर्वाचनसँग सम्बन्धित विषयमा निर्वाचन शिक्षा प्रदान गरेको छ । 
 

विद्यार्थीहरुलाई मतदाता नामावलीसम्बन्धी व्यवस्था, उमेदवार मनोनयनसम्बन्धी व्यवस्था, विर्वाचन प्रणाली र निर्वाचित हुने पद तथा सङ्ख्या र मतगणना सम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराइएको क्याम्पस प्रमुख राजन मिश्रले बताए । सो कार्यक्रममा निर्वाचन अधिकृत कुमार नेगीले निर्वाचन आचार संहिताको बारेमा समेत जानकारी गराएका थिए । 

संगठन दर्ता गर्न आह्वान
यसैबीच निर्वाचन समितिले  १९ फागुनमा विहान ७ बजेदेखि दिनको २ बजेभित्र निर्वाचन प्रक्रियाको लागि क्याम्पसमा नाम दर्ता गराउन संघ, संगठन, समूहलाई आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ मा तोकिएको मिति र समयभित्र दर्ता नभएका संघ, संगठन वा समूहको उमेदवारीलाई मान्यता नदिइने उल्लेख गरिएको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...