pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी

FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच गर्ने काम सुरुवात गरिदै छ । तर, यो सडकमा पिच गर्नु भन्दा पहिले देखिनै बदमासी सुरु भएको स्थानीय वासिन्दाहरुले वताएका छन् ।

छ किलोमिटर सडकमा अक्सपाल पिच गर्नका लागि शिवशिखर इन्जिनियर प्रालिलाई ठेक्का दिइएको हो । तर, काम सुरु गरेको निर्माण कम्पनिले सुरुमा खाल्डा पुर्ने काममानै बदमासी सुरु गरेको छ । सबै क्षेत्रको खाल्डा पुरेर पछी त्यसमाथी पिच गर्नेगरी ठेक्का दिइएको सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख राजेश कुमार यादब बताउनुहुन्छ । सडक पुर्ने काममानै कार्यालयले तोकिएको मापदण्ड पुरा नगरीकन ससाना गिट्टीहरु सडकमा त्यसै छरेर उल्टै दुर्घटनाको जोखिम बढाइएको स्थानीय प्रतक्षदर्शीहरु वताउँछन् ।

खाल्डो भएको र सडक नमिलेको स्थानमा पुरेको गट्टीहरु सडकमा असरल्ल छरिएका छन् । ठेक्का संझौता गर्दा र सडक डिभिजन कार्यालय हेटौंडाले तोकिएको मापदण्ड विपरित काम गरेको पाइएको छ । पहिले खाल्डो पुरेर माथीबाट अक्पाल पिच गर्नुपर्ने हुन्छ । तर, मुनीको भागलाई तोकिएको मापदण्ड भन्दा पनि छारा टार्नेगरी काम गरिएको स्थानीइको भनाई छ ।

डिभिजन प्रमुख यादब भने अहिले खाल्डा पुर्ने काम मात्र रहेको र पछी सबै काम हुने वताउनुहुन्छ । छ किलोमिटर सडक निर्माण गर्दा सरकारी बजेट ५ करोड रुपैयाँ खर्च गर्नेगरी संझौता गरिएको छ । तर, रकम भुक्तानी लिने, तर, काममा झारा टार्नेगरी शिबशिखर इन्जिनियरिङ प्रालिले काम गरेको हो । टालिएको खाल्डाखुल्डी पनि एक साता नपुग्दै भत्केर पहिलेको भन्दा जोखिमपूर्ण बनेको छ । कम गुणस्तरको काम भएपछि स्थानीय र यात्रुहरुले गुनासो गरेपछि पनि त्यसमा कुनैपनि सुधार ल्याइएको छैन ।जनपत्र डट कम बाट

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...