Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

परियोजना प्रगति प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

सामुदायिक बिकास केन्द्र (सिसिडिएन)ले सनिबार थहा नगरपालिका वडा नम्बर ४ मा संचालन गरेको परियोजना प्रगति प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । थाहा नगरपालिका प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यमा भएको शंकर होटलमा भएको कार्यक्रममा सिडिडिएनले गरेका कामहरुको प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा सहभागिहरुको प्रस्तुतीकरण सुनिसके पछि नगर प्रमुख बिष्टले एनजिओहरुले नगरपालिकाको कार्ययोजनामा पारेरमात्र काम गर्नर्नु पर्ने भन्दै राम्रोकाम गरेमा मात्र नगरपालिकाले जिम्मेवारी लिने तथा संरक्षण पनि गर्ने गर्छ राम्रो काम नगर्ने संस्थालाई काम गर्ने सिफरिस नदिने बताउनु भयो । सिसिडिएनले निर्वाहमुखी प्रभावकारी कार्यक्रम ल्याएकोमा धन्यवाद दिंदै लाभान्वितहरुलाई लक्षित गर्दै योजना लागु भैरहँदा काम गर्ने र पछि बिचैमा छोड्ने भैरहेकोले निरन्तरता दिन आग्रह गर्दै आवस्यक सहयोगको लागि नगरपालिका सँदैब साथमा रहेको बताउनु भयो । साथै संस्थाले गरेको बिवरणको भरमा मात्र भन्दा पनि टोल टोलमा अनुगमनका कार्यक्रम संचालन गरिने भएकोले सबैले आ–आफ्नो कार्य निरन्तर रुपमा राम्रो संग गर्नका लागि अनुरोध गर्नु भएको छ । कार्यक्रममा सिसिडिएनले २०७२ सालको भुकम्प पछि तिन बर्षको अवधिमा गरिएको कार्यहरुको सामाजिक परिचालक इन्द्र बहाुदुर थिङले डाटा प्रस्तुत गर्नु भएको थियो । वडामा प्रत्येक टोलमा समुह बनाई, पुनउत्थान तथा जिविकोपार्जनका कार्यक्रम अन्तरगत, बाख्रा बितरण, विउविजन बितरण, खानेपानि, आरनका लागि सहयोग गरेको जानकारी दिनु भयो । कार्यक्रममा सिसिडिएनका कार्यकारि निर्देशक महेन्द्र बहादुर थापाले थोरै रकमले पनि उत्कृष्ट काम भएकोमा वडाबासिहरुलाई धन्यबाद दिदैं संस्थाले गरेको कार्यलाई निरन्तरता दिनुपर्ने जोड दिनु भएको थियो निर्देसक थापाले आगामि बर्ष एकल महिला, दलित, अपाङ्ग, गरिबहरुवाट युवा लक्षित परिणाममूखी जिविकोपार्जनका कामहरु गर्ने संस्थाले योजना रहेको बताउनु भयो साथै उहाँले किसानहरुलाई खेती गर्न भन्दा पनि ग्रेडीङ, प्याकेजिङ तथा बजारको ब्यवस्थापनका कार्यक्रम जरुरी रहेको भन्दै हातेमालो गर्ने वाताबरण बनोस भनि अनुरोध गर्नु भएको थियो । ३५ जनाको आवद्घ रहेको रुप्सेटोलको समुहको तर्फबाट डम्बर लोले सिसिडिएनको तर्फबाट काउलिको भुकम्पको कारण अन्यौलको अवस्थामा काउलिको विउ, जस्तापाता, बाख्रा सहयोग, ड्राइभिङ तालिम सिंचाई योजना लगायत आलुको पिपिएस बिउको दाना सहयोग पाएकोर यसबाट समुहका सदस्यहरुको जिवन स्तर सुध्रिएको बताउनु भयो । जुरेथुमका राम बहादुर वलले आफुले संस्थाबाट पाएको बाख्रा सहयोगले अहिले खोरमा १६ ओटा बाख्रा रहेको र १८ वटा बेचिसकेको यसवाट राम्रो आम्दानी लिन सफल भएकोमा खुखि ब्यक्ति गर्नु भएको थियो । कार्यक्रममा सहभागि एकल महिला सुन्तली माया वलले संस्थाको सहयोगमा सिमभञ्ज्याङमा घुम्ति पसल खोलेर अहिले राम्रो आम्दानी लिइरहेको वताउनु भयो । सबैसमुहको संयोजन गरिरहनु भएका जित बहादुर थोक्करले मेलमिलाप सहकारी संचालन गरी समुहका सदस्यहरुलाई आवस्यक श्रण सहयोग लगानि गरिरहेको र दर्ताको लागि तयारी रहेको जानकारी दिनु भयो । कार्यक्रममा मोहन सिं लामालेले आफुले कृषकले उत्पादन गरेको सामानको बजार ब्यवस्थापन गर्ने गरेको वताउनु भएको थियो भने सिमभञ्ज्याङमा खानेपानिको ब्यवस्था गरेर सिसिडिएनले ठूलो सहयोग गरेको डेनी श्रेष्ठले बताउनु भयो । यसैगरी विश्कर्मा टोलमा कृषक समुह तथा कृषि सामाग्री औजार कारखाना खोल्न गरेको सहयोगकोले आर्थिक जिवन सुधार भैरहेको बिषयमा अध्यक्ष घनश्याम विश्वकर्मा र अर्जुन सुनारले जानकारी दिनु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए । सिसिडिएनका सामाजिक परिचालक इन्द्र बहादुर थिङले संचालन गर्नु भएको कार्यक्रममा सिसिडिएनका कार्यकारि निर्देशक महेन्द्र बहादुर थापा, थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री, महासचिब सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका कृषि बिकास शाखा प्रमुख संजय तिवारी, थाहा नगर सामाजिक शाखाका अनिल लामिछाने, निरोज प्रधान लगायत वडाका कार्यक्रमवाट लाभान्वित समुह, जनप्रतिनिधि, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png