pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन

312544097_131991570174625-1666882544.jpg

हेटौडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कौशल पाण्डेको हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बिहीबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका पाण्डेको ७५ वर्षमा आज अपरान्ह ५ बजेर ४५ मिनेटमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । मकवानपुरे पत्रकारिताको संस्थापक मध्येका एक पाण्डेको निधनले मकवानपुरे पत्रकारिता क्षेत्रमा अपुरणीय क्षती पुुगेको छ । शिक्षण पेशामा लामो समय योगदान दिएका पाण्डे क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहाकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष हुनुुहुुन्थ्यो । उहाँ लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार तर, पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो । मकवानपुरको पत्रकारिता विकासमा पाण्डेको विशेष योगदान रहेको थियो । उहाँले सधैँ शासनबाट उत्पीडनमा पारिएकाहरूको पक्षमा कमल चलाउँदै आउनु भएको थियो । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गर्नु भएका पाण्डे त्यहाँबाट अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँको प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो मध्येको एक ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...