pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पत्रकार प्रताप विष्टको ‘छेलिएका अनुहार’ विमोचन

1212-1657976955.jpg

मकवानपुरका पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, पत्रकार चन्द्र किशोर, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान,राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, वरिष्ठ साहित्यकार तुल्सी थापाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हन्।

करिब ४ दशकबाट पत्रकारितामा सक्रिय विष्टले लोपन्मुख वनकरिया, चेपाङको विषयमा खोज तथा अनुसन्धनको क्षेत्रमा कलम चलाउँदै आएका छन् । विष्टले २०४९ साल फागुन १३ गतेदेखि निरन्तर कान्तिपुर दैनिकमा चेपाङ समुदायको र २०५२ सालबाट बनरिया जातीको समाचार लेख्दै आएको बिमोचन कार्यक्रममा जानकारी दिए । सांग्रिला प्रकाशले प्रकाशन गरेको पुस्तकले नेपालमा चेपाङ, बनकरियाको विषयमा अध्ययन तथा अनुसन्धान गर्नेहरुलाई सहयोग पुग्नेछ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, साहित्यकार तुल्सी थापा लगायतकाको आतिथ्यता रहेको थियो । ‘छेलिएका अनुहार’ माथि साहित्यकार भूपिन र लेखक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा तारालाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, व्यवसायी, उद्यमी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...