pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पत्रकार ढुंगानालाई दुर्व्यवहार

1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका संन्चालक सन्जिब श्रेष्ठले आफ्नै मोबाइलबाट आफ्नो होटलको विषयमा प्रहरीलाई जानकारी गराएको भन्दै मान्छे लगाएर  गाली गलाैज र धम्की  दिएका छन् ।

बिहीबार रातीको समयमा  करिब १ बजेर ३० बजे ९८२१८९३४९० नम्बरको माेबाईलबाट फोन गरी नेवारी खाजा घरको बारेमा केही गलत सूचना इलाका प्रहरी कार्यालयमा  दिएको भन्दै पत्रकार ढुङ्गानालाई पारिवारिक समयमा  अपशब्द प्रयोग गरि गाली गलाैज गरेको हो। 


पत्रकारलाई गाली गलाैज र धाकधम्की देखाउनु प्रेस स्वतन्त्रता माथिको हनन भएको प्रष्ट देखिन्छ । यसै घटनाको बारेमा शान्ति सुरक्षाको लागि आज पत्रकार ढुङ्गानाले इलाका प्रहरी कार्यालय काेल्हबीमा निवेदन दिएका छन् । उनले आफू र आफ्नो परिवारजनलाई शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग आग्रह समेत गरेका छन् ।

साथै दोषी जुनसुकै व्यक्ति र त्यसमा संलग्न रहेका सबै लाई कानुनी दायरामा ल्याई कडाभन्दा कार्यवाहीका लागि सम्बन्धित निकाय सँग पीडित पत्रकार ढुङ्गानाले आग्रह गरेका हुन् ।

यसैबिच प्रेस सेन्टर जिल्ला समन्वय समिति बारा र मकवानपुरले छुट्टाछुट्टै बिज्ञप्ति प्रकाशन गरि वार्ता र संवादको माध्यमबाट समस्या समाधान तर्फ जानु पर्नेमा पत्रकारमाथि गाली गलौज तथा ज्यानमार्ने धम्की दिनु निन्दनीय भएकोले दोशी माथी कारबाहीको माग गर्दै पत्रकारको सुरक्षाको लागि प्रशासनसंग आग्रह गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...