jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पछिल्लो ३ घण्टामा मकवानपुरमा भारी बर्षा सतर्क रहन आग्रह
कुलेखानी -सिस्नेरी सडक अवरुद्ध

FB_IMG_1691903969691-1691903981.jpg

मकवानपुरको मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै सर्तक रहन आग्रह गरेको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टा भारी वर्षा भएको जनाउँदै सो क्षेत्र भएर बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ । विभागले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामाआकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।’पछिल्लो तीन घण्टामा मकवानपुर गढीमा ७२.६ मिलिमिटर र हेटौँडामा ८१.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध
यसैबीच गएराति देखिको अविरल बर्षासँगै आएको पहिरोका कारण कुलेखानी सिस्नेरी सडकखण्ड खवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, भालुडाँडा स्थित कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
लगातार पानी परिरहेकाले अवरोध हटाउँन सकिने अवस्था नरहेको भन्दै मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्याले उक्त सडक खण्ड हुदै जाने सवारी साधनहरुलाई बैकल्पिक बाटो बाटो प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...