pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

नेपाल सम्बतको अवसरमा थाहामा मोटरसाइकल ¥याली 

थाहा नगरपालिकाको पालुङमा नेपाल सम्बत ११३८ को उपलक्ष्यमा बृहत मोटरसाईकल ¥याली  भएको छ । 

पालुङ सांस्कृतिक सम्पदा संरक्षण समिती थाहा २,को मुख्य आयोजना तथा पालुङ युवा समाज, पालुङ हातेमालो युवा समाज, थाहा ,पालुङ ओखरबजार हितकारी श्रृजनशिल युवा समूह थाहा १, र गोपाली सांस्कृतिक समुह, थाहा ३, गोपालिगाउँको आयोजनामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।  सम्पुर्ण जनता लाई ऋण मुक्त गरि शंखधर साख्वाले चलाएको सम्वत् नेपाल सम्वतको देशैभर विभिन्न कार्यक्रम हरु भैरहंदा पालुङमा पनि मोटरसाइकल ¥याली भएको हो । पालुङ शहर लाम्पाटी, बाट सुरु भई इन्द्रायणी चौर–ओखरबजार–थानाबजार–दोबाटो–शिखरकोट–गोपालिगाउ“–पसलचौर–फा“टबजार –फुलपाती चौर–महादेवस्थान–चाकचा पुलहु“दै पुनः लाम्पाटीमा गई समापन कार्यक्रम गरिएको थियो । ¥यालि समापन कार्यक्रम थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो । पालुङ सांस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जंगली  राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको समापन  कार्यक्रमको बिशिष्ट अतिथि नगरपालिका उपमेयर खडग बहादुर गोपाली  रहनु भएको थियो ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष गुप्त बहादुर कार्की, वडा नं १ का अध्यक्ष   हेरमान गोपाली लगायतको आतिथ्यता रहेको थियो । पालुङ युवा समाजका उपाध्यक्ष संजित श्रेष्ठले संचाल्न गर्नु भएको कार्यक्रममा समाजका अध्यक्ष बिजय बिक्रम श्रेष्ठले स्वागत मन्तव्य गर्दै नेवारी भाषा र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो  । कार्यक्रममा बोल्दै इन्द्रायणी काला भैरब गूठीका अध्यक्ष श्याम भक्त श्रेष्ठले नेपाल सम्वत् नेवारहरुको मात्रै सम्वत् नभई सम्पूर्ण नेपालीहरुको राष्ट्रिय सम्वत् भएको भन्दै यसको व्यापक प्रयोग र कामकाजको रुपमा समेत यस्को प्रयोग हुने गरेको इतिहास प्रस्तुत गर्नु भयो । कार्यक्रमका बिशिष्ट अतिथी खड्ग गोपालीले सांस्कृतिक संरक्षणमा सम्पुर्ण थाहा नगर बासी एकजुट हुनुपर्ने  बताउनु भयो ।  
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले सांस्कृतिक रुपमा धनी थाहा नगरमा नेवारी समुदाय संस्कृति संरक्षणमा अगाडी रहेकोले सहयोग गर्न आफू ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फबाट पनि सहयोगको प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा २ नं वडा अध्यक्ष गुप्त बहादुर कार्की, ओखरबजार हितकारी श्रृजनशिल युवा समूहकका अध्यक्ष संजय प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg