jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहाको अध्यक्षमा लामिछाने

FB_IMG_1718458798746-1718458886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनु भएको छ ।
१ असारमा सुनौला सिकाइ केन्द्रको हलमा सम्पन्न तेस्रो नगर अधिवेशनले लामिछानेको अध्यक्षतामा २७ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत श्रीराम दाहालले जानकारी दिनुभयो ।

समितिको महिला उपाध्यक्षमा सावित्री केसी, उपाध्यक्षमा कृष्ण भट्ट, सचिवमा सचिन कुमार बल, सह-सचिवमा सविना अर्याल, कोषाध्यक्षमा हरिप्रसाद ढकाल, सह-कोषाध्यक्षमा कविता कँडेल सर्वसम्मत हुनु भएको छ ।

समितिको सदस्यहरुमा जगन्नाथ अधिकारी, रामबहादुर महर्जन, लोक बहादुर थिङ, रामगुलाम चौधरी, कमल थापा मगर, सुशिला पुलामी, गोमा घलान, सरस्वती कार्की, रेजिना लामा, लक्ष्मी ढकाल र देवकी अर्याल निर्विरोध हुनु भएको छ ।

अधिवेशनबाट निर्वाचित समितिलाई नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालले सपथ ग्रहण गराउनु भयो ।

अधिवेशनको उद्घाटन सत्र रुपचन्द्र गोपालीको सभाध्यक्षता एवं जिल्ला अध्यक्ष दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि दाहाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य शशीधर सुवेदी, एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य एवं थाहा नगर ईञ्चार्ज रमेशमान डङ्गोल, नगर सचिव गणेशमान श्रेष्ठ, नेराशिसं जिल्ला सचिव मुकुन्द न्यौपानेलयागतले शुभकामना व्यक्त गर्नु भयो । मनोज लामिछानेले स्वागत गर्नु भएको कार्यक्रम सचिव कृष्ण प्रसाद लामिछानेले गर्नु भएको थियो ।

अधिवेधनले अध्यक्ष गोपाली, सचिव लामिछाने र कोषाध्यक्ष सचिन कुमार बलले प्रस्तुत गर्नु भएको प्रतिवेदनहरु पारित गरेको थियो । 

FB_IMG_1718458801157-1718458886.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...