gumba-1715660528.jpg
Friday, 17 May, 2024
अपडेट

नेता बानियाँद्वारा हेटौंडाको १ सय ६० परिवारलाई खाद्य सामाग्री सहयोग

indra-1622628453.jpg

हेटौंडा, १९ जेठ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको छ ।

बुधबार नेता बानियाँले कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र गुम्बाचोकमा न्युन आय भएका ९३ घरपरिवार तथा हेटौंडा १८ सुकौराका ६७ घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।
बानियाँले न्यून आय भएका प्रतिपरिवारलाई १ बोरा चामल, नुन, तेल, दाल, चना लगायतका खाद्य सामाग्रीहरु सहयोग गर्नुभएको हो ।
    
खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेता बानियाँले जनता कोरोना महामारीको विषम परिस्थितिसंग जुधिरहँदा पनि सरकार निरिह भई जनताप्रति उत्तरदाही नभएको बताउनुभएको छ ।

उहाँले निशेषाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्था गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु शुशान्त श्रेष्ठ, अर्जुन तिवारी, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला नेतृ लक्ष्मी थिङ, पुरुषोत्तम अधिकारी, हेटौंडा १८ का तरुण दल अध्यक्ष अशोक केसी, योगराज खतिवडा, रुपेश केसी, विद्यार्थी नेता मिलन पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...