pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ

FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने बनाउने अभियानको लागि सुशासनको अभियान चलाइएको बताउनुभएको छ । उहाँले आज हेटौंडामा भएको रेडियो सन्देश, निकाुस साप्ताहिक र थाहा नेपालको संयुक्त बार्षिकोत्सब कार्यक्रम उद्घाटन गर्नुहुंदै यस्तो बताउनुभएको हो ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले देशलाई भ्रष्टचारले खोक्रो बनाएको कारण पनि समृद्धको लागि सुशासन अनिवार्य रहेकोले सबैको साथ र सहयोगको अपिल गर्नुभयो । राजनैतिक परिबर्तको अभियान भनेको खाडिमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनको लागि समृद्धीको आधार तयार पार्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो“ भ्रष्टचारीबिरुद्ध, दुराचारी, काईते र फटाहाबिरुद्ध कदम चाल्दा कसैले रोक्न खोज्दैमा नरोकिने बताउनुभयो ।” उहाँले थप्नुभयो“ हामी सुशासनको अभियान अगाडी बढाउदै देश समृद्ध बनाउने अभियान निरन्तर चलाउछौं ।”  नेपाल सरकारले राष्ट्रको लागि गरेको योगदानको आधारमा दिने पदक निश्चित ब्यक्तीहरुको चलखेलमा सिफारिस हुने गरेको अबस्थालाई तोडेर सुशासन कायम गर्दै पदकको मुल्यांकन उच्च राख्नको लागि निश्चित मापदण्ड बनाएर मात्र बितरण गर्नको लागि तत्कालको लागि रोक्ने निर्णय गरिएकोे जानकारी दिनुयो । उहाँको अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अबस्था देखिएकोले पदकको गरिमा नै आंच आउने देखिएकोले यस्तो निर्णय गरिएको हो । 
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कानुनी समस्याक
ो कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउदै प्रदेश सरकार संचारमाध्यमको विकासको लागि हरदम तयार रहेको बताउनुभयो । उहाँले संचारमाध्यमलाई नियमन संगै उत्कृष्टताको लागि प्रोत्साहन गर्ने बताउनुभयो । 
 वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्ताने बर्तमन सरकारले सुशासन कायम गर्न चालेको कदम स्वागतयोग्य रहेको बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य अभिबृद्धी फिर्ता लिएर जनतालाई राहत दिएको भन्दै धन्यवाद समेत दिनुभयो । उहाँले सुशासन कायम गर्नको लागि हामी सबैले आफ्नो स्थानबाट कर्तब्यको पालना गरेमा कायम गर्न समस्या नरहेको बताउनुभयो । वाग्मती प्रदेश सरकारले पनि सुशासन कायम गर्दै प्रदेशलाई समृद्ध बनाउने योजना सहित अगाडी बढेको बताउदै अब प्रदेशमा युवाहरुलाई स्वरोजगार बनाउनेतर्फ लागेको जनाउनुभयो ।
 निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपालको अध्यक्ष शुनिल खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...