pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नित्य पूजा गरियो, अम्बे जात्रा सकियो

थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्षको कार्तिक १ गते लाग्ने अम्बे जात्रा यसपाली औपचारिकतामा सीमित भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको र भीडभाडमा जाँदा कोरोना संक्रमणको जोखिम बढी हुने भएको भन्दै वडा कार्यालयले सूचना जारी गरेपछि यसवर्षको अम्बे जात्रा नित्य पूजामा सीमित भयो । 

जात्रा भनेर विसिङ्खेलस्थित चम्पाकेश्वर मन्दिर परिसरमा हुल बाँधेर कोही आएनन् । कसैले पसल पनि राखेन । आज चम्पाकेश्वर महादेवको दर्शन गर्ने केही भक्तजनहरु र नित्य पूजामा सहभागीहरु पनि भेटिए । महादेव मन्दिर परिसरबाट थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले थाहापाटीसित भन्नुभयो, ‘तपाईंहरुको प्रचारले राम्रो सहयोग ग¥यो । हामी रहे त फेरि पनि जात्रा मनाउँला । यसपाली अम्बे जात्रा नित्य पूजामै सीमित रह्यो ।’

हाम्रा स्थानीय सहकर्मी विराजन बस्नेत रिपोर्टिङको शिलशिलामा मन्दिर परिसर पुग्नु भएको थियो । मन्दिर पुगेपछि उहाँले भन्नुभयो, ‘बिगत बर्षहरुमा निकै भिडभाड हुने गरेको भए पनि यसपाली  नित्य पूजा मात्रै भएको देखियो । यहाँ ३६५ घैला पानीले महादेबलाई स्नान गरेपछि फुलपाता चढाउने चलन छ । स्थानीयले त्रिसूल र फुलपाता चढाउने गर्छ्न ।’ 

यसपालीको अम्बे जात्रामा अघिल्ला वर्षहरुमाजस्तो बजार राख्ने, लाखवत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलापहरुसमेत बन्द गरिएको थियो । जात्रामा हरेक वर्ष मकवानपुरबाट मात्र नभई धादिङ, काठमाण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरुबाट समेत भक्तजनहरुको घुईंचो लाग्ने गरेको थियो । 

अम्बे जात्रालाई स्थानीय गोपालीहरुले विशेष महत्व दिएर मनाउने गरेका थिए । स्थानीय न्हुँलगाउँ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाउने प्रचलन रही आएको छ । गोपालीहरुले टाउकोमा पगरी  र फूल सिउरेर घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलनसमेत रहेको छ । 

चम्पाकेश्वर मन्दिरमा प्रयोग गरिएको सम्पूर्ण काठ चाँपको रहेको छ । चाँपको रुखको फेदमा उत्पत्ति भएको भन्ने किंवदन्तीअनुसार स्थानीयहरु चम्पाकेश्वर महादेवको रुपमा पुज्दछन् । चम्पाकेश्वर महादेवको पूजा गरे गाउँमा पानी पर्ने र गाइबस्तु पालन फस्टाउने स्थानीयहरुको विश्वास रही आएको छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...