Monday, 20 May, 2024
अपडेट

नगरिक समाजको अगुवाईमा थाहानगरलाई समृद्ध बनाउन अन्तरक्रिया


थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा थाहानगरमा नागरिक समाजले अन्तरक्रिया कार्यक्रमको गरेको छ । 
थाहा नगर नागरिक समाजको आयोजनामा शनिबार शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले नगरको विविध विषयमा आआफ्नो धारणा राखेका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रमा अगुवाई गर्दै आएका ९ जनाले आआफ्नो अवधारणा पत्र नै प्रस्तुत गरेका थिए । कार्यक्रममा थाहानगरको समग्र विकास, शिक्षा, पर्यटन, धार्मिक पर्यटन, उपभोक्ता हित, साहित्य, संचार लगायतको विकासका सन्दर्भमा कार्यपत्र र अवधारणा पत्र प्रस्तुत गरिएको थियो  । रेडियो आवाज ८८.८ मगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा नगरपालिकाको समग्र विकासलाई लिएर समृद्ध थाहानगर निर्माणका आधारहरु शीर्षकमा अच्युतम प्रसाद ढकाल, थाहा नगरपालिकाको शिक्षा विकाससम्बन्धी सानोभाइ कार्की, पर्यटन व्यवसाय विकासबारे सुरेन्द्रमान प्रधानले अवधारणा पत्र प्रस्तुत गरेका थिए । 
    त्यसैगरी धार्मिक पर्यटन विकाससम्बन्धी रामप्रसाद ढकालले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने स्थानीय सरकारलाई बलियो बनाउन संचार माध्यमको भूमिकाको सन्दर्भमा पत्रकार सुरजकुमार भुजेलको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । 
    थाहा नगरको महिला विकास सम्बन्धी कल्पना बलामी, साहित्य, भाषा र कलासम्बन्धी बिर्खे अञ्जान र उपभोक्ता हितसम्बन्धी गणेशमान श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए प्रस्तुत अवधारणा पत्रमाथि क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका उपनिर्देशक कृष्ण घिमिरे र ज्योति रायमाझीले टिप्पणी गरेका थिए  । टिप्पणीकारहरुले अवधारणा पत्रहरु ओजपूर्ण रहेको भन्दै त्यससम्बन्धी टिप्पणी गरेका थिए । 
    थाहा नगरलाई समृद्ध बनाउन नगरको बार्षिक बजेट, योजना र कार्यक्रमले मात्र सम्भव नभई दिगो विकासमा आधारित आवधिक योजना र तदनुरुपको कार्यान्वयनलाई जोड दिनु पर्नेमा अवधारणा पत्रहरु सार्वजनिक भएको थियो । नगरको आन्तरिक श्रोतहरुको वृद्धि गर्दै बाह्य क्षेत्रबाट लगानी भित्र्याउन डिपिआरसहितको खाका अघि सार्नुपर्नेमा सहभागी सबैले जोड दिएका थिए । अवधारणाकारहरुले नगरबासीको साथ, सहयोग र जनप्रतिनिधिहरुको अगुवाईका साथ योजनावद्ध ढंगले अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।  
 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...