Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

नगरिक समाजको अगुवाईमा थाहानगरलाई समृद्ध बनाउन अन्तरक्रिया


थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा थाहानगरमा नागरिक समाजले अन्तरक्रिया कार्यक्रमको गरेको छ । 
थाहा नगर नागरिक समाजको आयोजनामा शनिबार शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले नगरको विविध विषयमा आआफ्नो धारणा राखेका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रमा अगुवाई गर्दै आएका ९ जनाले आआफ्नो अवधारणा पत्र नै प्रस्तुत गरेका थिए । कार्यक्रममा थाहानगरको समग्र विकास, शिक्षा, पर्यटन, धार्मिक पर्यटन, उपभोक्ता हित, साहित्य, संचार लगायतको विकासका सन्दर्भमा कार्यपत्र र अवधारणा पत्र प्रस्तुत गरिएको थियो  । रेडियो आवाज ८८.८ मगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा नगरपालिकाको समग्र विकासलाई लिएर समृद्ध थाहानगर निर्माणका आधारहरु शीर्षकमा अच्युतम प्रसाद ढकाल, थाहा नगरपालिकाको शिक्षा विकाससम्बन्धी सानोभाइ कार्की, पर्यटन व्यवसाय विकासबारे सुरेन्द्रमान प्रधानले अवधारणा पत्र प्रस्तुत गरेका थिए । 
    त्यसैगरी धार्मिक पर्यटन विकाससम्बन्धी रामप्रसाद ढकालले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने स्थानीय सरकारलाई बलियो बनाउन संचार माध्यमको भूमिकाको सन्दर्भमा पत्रकार सुरजकुमार भुजेलको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । 
    थाहा नगरको महिला विकास सम्बन्धी कल्पना बलामी, साहित्य, भाषा र कलासम्बन्धी बिर्खे अञ्जान र उपभोक्ता हितसम्बन्धी गणेशमान श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए प्रस्तुत अवधारणा पत्रमाथि क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका उपनिर्देशक कृष्ण घिमिरे र ज्योति रायमाझीले टिप्पणी गरेका थिए  । टिप्पणीकारहरुले अवधारणा पत्रहरु ओजपूर्ण रहेको भन्दै त्यससम्बन्धी टिप्पणी गरेका थिए । 
    थाहा नगरलाई समृद्ध बनाउन नगरको बार्षिक बजेट, योजना र कार्यक्रमले मात्र सम्भव नभई दिगो विकासमा आधारित आवधिक योजना र तदनुरुपको कार्यान्वयनलाई जोड दिनु पर्नेमा अवधारणा पत्रहरु सार्वजनिक भएको थियो । नगरको आन्तरिक श्रोतहरुको वृद्धि गर्दै बाह्य क्षेत्रबाट लगानी भित्र्याउन डिपिआरसहितको खाका अघि सार्नुपर्नेमा सहभागी सबैले जोड दिएका थिए । अवधारणाकारहरुले नगरबासीको साथ, सहयोग र जनप्रतिनिधिहरुको अगुवाईका साथ योजनावद्ध ढंगले अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।  
 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png