pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नगरप्रमुख र बजार व्यवस्थापनबीच छलफल, लकडाउन हुने संकेत
अहिले थाहा नगर कार्यपालिकाको बैठक बस्दै

luckdown-1597739675.png

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा नगरका विभिन्न बजार क्षेत्रमा गठित बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । उहाँले बजार व्यवस्थापन समितिका अध्यक्षहरुलाई नगरपालिकामै बोलाएर छलफल गर्नुभएको हो । नगर उपप्रमुख खड्गा गोपालीसहित भएको छलफल भर्खरै सकिएको छ । 

हिजो सोमबार भएको सर्वपक्षीय बैठकमा थाहानगरमा कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न लकडाउन घोषणा गर्न सुझाव दिइएपछि नगरप्रमुख विष्टले बजार व्यवस्थापन समितिका अध्यक्षहरुलाई आज डाक्नु भएको हो । 

नगर कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरेमा यसको कार्यान्वयनमा बजार व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरुको प्रतिवद्धता लिन छलफल गरिएको छलफलमा सहभागी एक सदस्यले बताउनु भयो । 

‘छलफलमा लगभग एक साताको लकडाउन हुने संकेत पाएका छौं,’ उहाँले थाहापाटीसित भन्नु भयो । थाहा नगरपालिकाले अत्यावश्यक सेवाबाहेक बन्द हुने गरी लकडाउनसम्बन्धी निर्णय गर्ने संकेत पाएको श्रोतको भनाइ छ । 

बैठकमा सहभागी सरस्वति बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले लकडाउन भएमा लकडाउन कार्यान्वयनमा आफूहरुको सहयोग रहने बताउनु भयो । 

त्यस्तै, शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले लकडाउन घोषणा भएमा बजारको निगरानी गर्न आफूहरु तयार रहेको तर लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्ने सीमित अधिकार बजार व्यवस्थापन समतिसँग पनि हुनु पर्ने सुझाव दिएको बताउनु भयो । 
छलफलमा शिखरकोट, थानाबजार, ओखरबजार, घर्तिखोला, खाल्डेबजार, सरस्वतिबजार लगायत विभिन्न बजारका बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

बजार व्यवस्थापन समितिको छलफलपछि अहिले थाहा नगर कार्यपालिकाको बैठक बस्दैछ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...