Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

दुम्सीखर्क बाट १५ सय किलो गाँजा सहित ७६ बर्षको जित बहादुर मोक्तान सहित ५ जना पक्राउ

1677333041_ाबका-1-1677336092.jpg

मकवानपुर प्रहरीले ठुलो परिमाणको अवैध लागू औषध गाँजा, चरेश तथा हतियारसहित पाँच जनालाई पक्राउ गरेकाे छ।

जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सी खर्कमा रहेको ७६ वर्षका जितबहादुर मोक्तानको गोठबाट १५ क्विन्टल १५ किलो गाँजा तथा १३ किलो चरेश फेला पारेको हो। 

विशेष सूचनाको आधारमा मोक्तानको घर र गोठमा खानतलासीको क्रममा गाँजा र चरेशसँगै एक थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र म्यागेजिन सहित ६ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौमतले जानकारी दिए। 

प्रहरीले जितबहादुर मोक्तानसहित स्थानीय २८ वर्षीय विजय मोक्तान, ४० वर्षका रत्न घले, २२ वर्षका अशोक घले, २२ वर्षकै शिखर घलेलाई पक्राउ गरेकाे हो। 

‘कैलाश ६ का जितबहादुर मोक्तानको गोठबाट एक हजार ५१५ किलो गाँजा, १३ किलो चरेश, एक थान गाँजालाई च्याप्ने काठको फर्मा, र एक थान तराजु नियन्त्रणमा लिएका छौँ’, गौतमले भने, ‘यस कार्यमा संलग्न भएका ५ जनालाई समेत नियन्त्रणमा लिएका छौँ।’ 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपाने, प्रहरी सहायक निरीक्षक नविनविक्रम थापा तथा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोईरीको टोलीले उनीहरूलाई पक्रेको हो। 

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक गौतमले बताए। 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...