pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

दामनमा भब्य रुपमा मनाइयो श्रमिक महिला दिवस।

फागुन २४ गते (मार्च ८) को दिन दामनमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस एक भब्य कार्यक्रमको साथ मनाईएको छ। बिश्व १११औं पटक नारी हक- अधिकारको लागि कार्यक्रमहरु  गरिसक्दा हामी पनि हाम्रो  नेपाली महिलाहरुको हकहित अनि सम्मानको निम्ति  महिलामैत्री कार्यक्रम आयोजना गर्नुपर्छ भन्ने धेरै पहिला देखिको उद्देश्यलाई सार्थक बनाउदै एभरेष्ट युवा बिकास क्लब तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले संयुक्त रुपमा सन् २०२२ को अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गरेको हो।

"भोलिको स्थायी भबिस्यको  लागि आजको लैंगिक समानता" भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारा र सामाजिक न्याय र लैङ्गिक समानता ,दिगो बिकासको सुनिश्चितता,भन्ने रास्ट्रीय नारामा  आधारित रहि कार्यक्रम को आयोजना गरियको एभरेस्ट युवा बिकास क्लबका महासचिव दावा सेर्पा ले बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल  महिला संघ क्रान्तिकारी थाहाको अध्यक्ष सकुन्तला गोपालीले आजको महिला सशक्तीकरण र लैंगिक समानता भोलिको समुन्नत रास्ट्र भन्ने अभिव्यक्ति राखेकी थिइन् ।नेपालकै सन्दर्भमा नारी दिवस जस्ता कार्यक्रमले महिलाको आत्म बिश्वास बढेको र महिलामाथी हुने दमन,शोषण,भेदभावको न्यूनीकरण भएको साथै बाल बिबाह,दाइजो प्रथा,छाउपडी प्रथा,बलात्कार ,हत्या,हिंसा जस्ता जघन्य आपराधिक घटना  र कुरिती प्रथाहरु पनि बिस्थापित हुँदै गएको बताउदै कुनै पनि समस्या झेलिरहेका महिलाहरूको लागी आफुले सक्ने सहयोग गर्ने कटिबद्धता जनाउनुभयो।

कार्यक्रमको मध्याह्नमा उपस्थित महिलाहरूले दामन- सिमभन्ज्याङ एक पर्यटकिय क्षेत्र भएकोले आवस्यक मात्रामा सार्वजनिक सौचालयहरुको निर्माण हुनुपर्ने,राज्यले एकल,जेष्ठ,बिधुवा,अपांग,गरिब तथा पिडित महिलाहरूको लागि न्यायीक कार्यहरु पूरा गर्ने भएमात्र आउदो चुनाबमा मतदान गर्ने कुरा स्पष्ट पारे।
एभरेस्ट युवा बिकास क्लबका अध्यक्ष शिवकुमार खत्री को सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्य अतिथि सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष  डेनि श्रेष्ठ ,थाहा ४ को महिला जनप्रतिनिधि आरती तामाङ,थाहा ३ को महिला जनप्रतिनिधि कबिता कार्की र श्री लेकाली बसिफाँट मा.वि.का प्र.अ एल एल मन्डल को उपस्थिति रहेको थियो।  कार्यक्रममा स्थानीय महिलाहरुको पनि उल्लेख्य उपस्तिथि रहेको थियो। आयोजक संस्थाहरुले यस वर्षदेखि दामन-सिमभन्ज्याङ्मा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम निरन्तर आयोजना गरिने जनाएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...