pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा ९ चित्लाङका ११ बर्षे बालक करेन्ट लागेर गम्भिर घाईते 

299718201_574232972912490-1660916222.jpg

थाहा नगरपालिका ९ चित्लाङ्ग खलिवनका ११ वर्षिय बालक सुदिप तामाङ्ग लामा करेन्ट लागेर गम्भिर घाईते घाईते भएका छन् । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको वितरित ११ के.भि. भोल्टेजको लाईनमा करेन्ट लागि गम्भिर घाईते भएका लामाको किर्तिपुर स्थित वन्र्ट अस्पतालको आईसियुमा उपचार भईरहेको छ । तामाङ्गलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो ।
खेल्ने क्रममा घर नजिकैको विद्युत पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको स्थानियले बताएका छन् । 
केही समय अगाडि मात्र निर्माण भएको ३३ हजार भोल्टको लाइनको पोल पुरै ढल्केकोे र तार पनि जमिनबाटै छुने हुँदाहुदै पालुङ वितरण केन्द्रले लाईन चार्ज गरेपछि घटना घटेको हो ।   पटक पटक पालुङ प्राधिकरणलाई सो जीर्ण लाईन मर्मत नगरी लाईन नछाड्न प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाई नभएको स्थानिय सानुकान्छा तामाङ्गले बताएका छन् । उनका अनुसार गाउँलेहरुलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा नहुँदा घटना घटेको बताएका छन् । 


उनी  भन्छन, “केही समय अघिमात्र प्राधिकरणबाट निरिक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरुलाई पोल र तार व्यवस्थित नगरि लाइन नछोड्न भनेका थियौं । उनीहरुले पनि सबै व्यवस्थीत भए पश्चातमात्र करेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । यही सुचना थाहा हुन्थ्यो भने आजको घटाना घट्ने थिएन कि ? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”


प्राधिकरणले उक्त लाईन लामो समयदेखि खाली र।खेको र हाल कसै सँग समन्वय नगरी लाईन छोडेकाले दुर्घटना भएको थाहा ९ नं. वडाका वडाअध्यक्ष राजकुमार बलामीले बताए । उक्त लाईन जिर्ण छ भन्ने जान्दा जान्दै प्राधिकरणले लाईन छोडेर गम्भिर लापरबाही गरेको उनको आक्रोश छ ।

यता प्राधिकरण पालुङ बितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीले भने प्राधिकरणको गल्ती नभएको बताए उनले भने"दुर्घटना नहुनु थियो भै हाल्यो क्षतिपूर्तिको लागि पहल गरिने बताउदै प्राधिकरणले सुचना दियरै लाइन संचालन गरेको बताए ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...