Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

अपडेट

थाहा ७ को सामुदायिक विद्युत, प्राधिकरणलाई हस्तान्तरण

1717892537290-1717892567.jpg

थाहा नगरपालिका ७ स्थित जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भईरहेको विद्युत नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई हस्तान्तरण गरिएको छ । उक्त सामुदायिक संस्था २०७४ सालमा स्थापना भई थाहा ७ को महादेवखर्क,छाप  क्षेत्रमा १  सय १३ घर घुरीमा संस्था मार्फत विद्युतिकरण भएको थियो ।  संस्थाले एक कार्यक्रमको आयोजना गरेर विद्युत संरचना र स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेको हो । 
हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले थाहा नगरपालिका सहित उक्तरी मकवानपुरमा दिगो र भरपर्दो विद्युत सेवा दिन पालुङ वितरण केन्द्रले धादिङ,ललितपुरबाट विजुलीको स्रोत जोडिसकेको र हेटौंडा तथा किर्तिपुरबाट पनि जोड्ने प्रयास भईरहेकोले उक्त कार्यले नगरमा दिगो विजुली प्रवाह हुने भन्दै प्रशंसा गर्नु भयो ।  
हस्तान्तरण कार्यक्रममा पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत सेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भई रहेको र तत्कालिन अवस्थाको आवश्यक्ता बमोजिम सामुदायिक संस्था मार्फत विद्युत सेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको र अबका सेवा तथा सुधार प्राधिकरणले गर्ने बताउनु भयो । 
कार्यक्रममा थाहा नगरपालिकाका पुर्व प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारकोलागि तत्कालिन आवश्यक्ता सामुदायिक विद्युतिरणनै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराउनु भएको थियो । 
संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधि सहित पालुङ बुहुउदेश्यि सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ईन्द्रयाणी माविका प्रअ नारायण ब. कार्की लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयास गर्नु भएको भन्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ । थाहा नगरपालिका प्रमुख विष्णुविष्ट आदर्शले प्रमुख न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । सामुदायिक संस्थाबाट वितरण भईरहेको विद्युत सुधारको प्रतिवद्धता र सामुदायिक संस्थाबाट स्वामित्व हस्तान्तरणमा प्रमुख न्यौपानेले निरन्तर गर्नु भएको अविभावकत्व र सकारात्मक प्रयारको प्रशंसा गर्दै सम्मान गरिएको सामुदायिक संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानले बताउनु भयो । 

 

1717892540182-1717892567.jpg
1717892543096-1717892586.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...