Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

अपडेट

थाहा ७ का वडा सदस्यहरु द्वारा नगर प्रमुखको ध्यानाकर्षण

FB_IMG_1719410538238-1719410563.jpg

थाहा नगरपालिका ७ का वडाध्यक्षविरुद्ध सदस्यहरूले निवेदन दर्ता गरेका छन् । कानूनी प्रकृया विपरित योजना पेश गरेको भन्दै तीन जना वडा सदस्यहरूले वडाध्यक्ष शिवराज थिङ्विरुद्ध आवश्यक छानविनको माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

निवेदन दिने सदस्यहरूमा देवेन्द्र थापा मगर, हरिमाया बुलुन र हरिमाया बि क. रहेका छन् ।

निवेदन बुझ्दै थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टले टोल भेलाको निम्ति सार्वजनिक  सुचना प्रकाशन गरि, वस्तीस्तरीय योजना संकलन पश्चात् वडा पालिकाको बैठकले योजना छनोट नगरेसम्म वडा अध्यक्षको एकल निर्णयबाट आएको योजना स्वीकृत नहुने बताए ।

वडा अध्यक्ष थिङ्ले आर्थिक वर्ष २०८१/०८२ को वडाको सिलिङ्ग बजेट एकल निर्णयद्वारा विनियोजन गरेको भन्दै वडा सदस्यहरुले नगर सभामा पनि विरोध गरेका थिए ।

अध्यक्ष थिङले आफूहरुलाई समेत थाहा नदिई सुटुक्क बजेट बिनियोजन गरि असार ७ गतेको परिषद्मा बजेट पेश गरेको आरोप वडा सदस्यहरुले लगाएका छन् । आफुहरुले पटकपटक टोल भेला गराइ बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदा पनि बेवास्ता गरि एकल निर्णयले अध्यक्ष थिङले पुर्वाग्राही ढङ्गले बजेट बाडफाड गरि परिषदमा पेश गरेको वडा सदस्य हरिमाया बुलुनको भनाइ थियो ।

स्थानीय तह संचालन ऐन २०७४ को दफा १२ को २ को उपदफा १ को क ९१० बमोजिम सहभागितामुलक योजना तर्जुमा वस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरि वस्ती तथा टोलस्तरिय योजनाको माग संकलन गरि प्राथमिकिकरणको आधारमा योजना तर्जुमा गर्ने भनी उल्लेख छ ।

वडाध्यक्ष थिङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने अन्य ४ जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका थिए


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...