Monday, 29 Apr, 2024
अपडेट

थाहा ५ का गुरुङ कक्षा ८ को परिक्षामा उत्तीर्ण

FB_IMG_1710423037763-1712477852.jpg

थाहा नगरपालिका वडा नं. ५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन् । झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट शुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए । उनको सिम्बोल नम्बर ८००१८०३४ रहेको छ । 
थाहा नगरपालिकाले शैक्षिक सत्र २०८० मा सञ्चालित  नगरपालिकास्तरीय आधारभूत शिक्षा(कक्षा–८) को परीक्षाफल २५ चैत दिउँसो प्रकाशित गरेको हो । 
५ नम्बर वडाको फुर्के बसन्तका गुरुङ विद्यालय छोडेको ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएका थिए । ५ कक्षासम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ८ कक्षामा उनुतीर्ण भएपछि ३७ वर्ष अघि विद्यालय छोडेको गुरुङले सुनाए । उनी विद्यालय छोड्दा जम्मा १४ वर्षका मात्र थिए । 
सन्त बहादुर गुरुङ गाउँकै बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भैसकेका छन् । उनले यहि विद्यालयमा कखरा सिकेका हुन् । उनले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समितिलगायत थुप्रै समितिहरुमा बसेर सामाजिक काम गरिसकेका छन् । सामाजिक काम उनका लागि नशा जस्तै भैसकेको छ । अहिले पनि उनी फुर्के बसन्त टोल विकास संस्थाका उपाध्यक्ष छन् । सिरान घर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिको उनी अध्यक्ष हुन् । त्यसोतः उनी नेपाली काँग्रेस थाहा ५ का वडा सभापति पनि समेत हुन् ।
गुरुङको दुई छोरा र श्रीमती छिन् । उनको जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् । कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् । उनी पनि स्नातकोत्तर अध्ययनको तयारीमा छन् । श्रीमती मञ्जु कुमारी गुरुङले ५ कक्षा पास गरेकी छिन् । उनको परिवार प्रमुखतः कृषि पेशामा निर्भर छन् ।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...