Monday, 29 Apr, 2024
अपडेट

थाहा २ नम्बर वडाका जनप्रतिनिधि र शिक्षकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा

FB_IMG_1712663688939-1712663719.jpg

साङ्केतिक तस्वीर

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ।

वडा न २ को मंगलबार बसेको वडा शिक्षा समितिको  बैठकले सो निर्णय गरेको वडा सदस्य तथा वडा शिक्षा समिती सदस्य युवराज बिष्टले  बताउनुभएको हो । उहाँले भन्नुभयो, "सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि वडा शिक्षा समितिको  बैठकले उक्त निर्णय गरेको हो।"

"आगामी शैक्षिक सत्रबाट वडा मातहत रहेका  सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधिले अनिवार्य आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ ।वहाँले भन्नू भयो।
साथै बैठकले अन्य सरकारी कार्यालयमा काम गर्ने कर्मचारी हरुलाइ पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्ने निर्णयपनी गरेको छ।
गत चैत ९ गते वडाको बैठकले वडा अध्यक्ष बम बहादुर सिन्तानको अध्यक्षतामा ७ सदस्यीय वडा शिक्षा समिती गठन गरेको थियो।जस्को सदस्यहरुमा वडा सदस्य युवराज बिष्ट,मत्स्यनारायण माबिका प्रधानाध्यापक बिष्णुहरी ढकाल,विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बाट वीर बहादुर तामाङ,शिक्षा प्रेमी दिपेन्द्र राज प्रधान,जानुका ढकाल र सदस्य सचिव दिनेश महर्जन रहेका छन।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...