jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा बसपार्क संचालनको लागि तयारी पूरा, कार्तिक १९ देखि काउन्टर संचालनमा आउने

FB_IMG_1761741468302-1761741610.jpg

मकवानपुर । स्थानीय युवाहरूको निरन्तर दबाब र सक्रिय पहलपछि थाहा नगरपालिका वडा नं. ४ नार्खुढाँडमा अवस्थित थाहा बसपार्क अब संचालनमा आउने भएको छ।
थाहा ४ किटेनीका युवाहरूले निरन्तर दवाब दिँदै आएका कारण थाहा नगरपालिकाले बसपार्क संचालनका लागि आवश्यक तयारी तीव्र पारेको हो। बुद्धचोक थानाबजार बजार व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र अधिकारीका अनुसार बसपार्कमा बिजुली जडान, खानेपानी, शौचालय र यात्रु बस्ने कुर्सी लगायतका आधारभूत पूर्वाधारको व्यवस्था भइसकेको छ।
उनका अनुसार कार्तिक १९ गतेदेखि बसपार्कबाट यात्री बाहक बस, सुमो, इभि लगायतका सवारी साधनहरू छुट्ने गरी तयारी लगभग पूरा भइसकेको छ।

यसैबीच नारायणी यातायात व्यवसायी संघमा आवद्ध यात्रुवबहाक सवारी साधानहरु ‘थाहा बसपार्क’बाटै सञ्चालनको व्यवस्था मिलाउन थाहा नगरपालिकाले नारायणी यातायात संघलाई परिपत्र गरेको थियो।

नारायणी यातायात व्यवसायी संघका प्रतिनीधिहरुले बसपार्क सञ्चालनका लागि तयार गरिएको संरचनाहरुको समेत स्थानीय सुरक्षा निकायका प्रतिनीधिसहितको उपस्थितीमा निरीक्षण समेत गरेको अधिकारीले प्रतिक्रिया दिए ।
यसअघि ७ कार्तिकमा स्थानीयले सांकेतिक विरोध प्रदर्शन गरेका थिए। त्यसपश्चात् ८ कार्तिकमा स्थानीय युवा, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतको टिमबीचको छलफलपछि बसपार्क संचालन गर्ने सहमति भएको थियो।
वि.सं. २०७५ सालदेखि निर्माण सुरू भएको बसपार्कमा पक्की सडक, टिकट काउन्टर, र शौचालय निर्माण कार्य पूरा भइसकेको छ।
बसपार्क सञ्चालनमा आएपछि हाल शिखरकोट क्षेत्रमा हुने सवारी भिडभाड कम भई यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

FB_IMG_1761741465707-1761741610.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...