pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा नगर पालिकामा नागरिकता शिविर
नागरिकहरुद्वारा खुशी ब्यक्त

nagarikta-sibir3-1525595700.jpg

थाहा नगरपालिकामा बैशाख २१ र २२ गते दुईदिने नागरिकता शिविर आयोजना गरिएकोमा नागरिकता लिनेको भिडको कारण आज सम्म १ दिनको लागि थप भएको छ । 
   थाहा नगर पालिका प्रमुख लबशेर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा विकास घर शिखरकोटमा नागरिकता प्रमाणपत्र शिविर आयोजना गरिएको हो । 
    थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले थाहा नगरपालिकाका नागरिकहरु नागरिकता लिनका लागि हेटौंडासम्म जानु पर्ने वाध्यताले आवस्यक नपरि नागरिकता नवनाउने धेरै पाइएकोले शिविरको आयोजना गरिएको बताउनु भयो । शिविर संचालनले धेरै जनाले सुविधा लिएको र नागरिकको चाहना अनुसार अनुसार काम गर्यो भने नागरिक खुशी हुने रहेछन् भन्दै नगर प्रमुख बिष्टले खुसि व्यक्त गर्नु भयो । शिविरको चापलाई मध्यनजर गरी १ दिन थप गरि नागरिकलाई सुविधा दिनको लागि अनुरोध गरिएको वताउनु भयो ।

   नागरिकता शिविरमा आउनेहरुले थाहा नगरपालिकाले सुविधा उपलव्ध गराएको खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् । थाहा ८ को बर्ष ७३ कि सञ्चमाया घलान तथा थाहा १० को बर्ष ६७ कि सरस्वती गमाल आज तेश्रो दिनको सिविर मार्फत नागरीकता लिन पाउदाको खुसी ब्यक्त गर्नु भएकी छिन ।
    पहिलो दिनको भन्दा दोश्रो दिन नागरिकता लिन आउनेको झन धेरै भिड लागेकोले नागरिकता वितरणमा समस्या भए पछि दोश्रो दिन बिहान लाइन बस्नेलाई टोकन ब्यवस्था  गरिएको थियो । लाइन थपिदै गए पछि दिउँसो थप टोकन बाँडीएको भएता पनि  नागरिकता लिन आउनेको वाक्लो उपस्थितिले नागरिक्ता वनाउन भ्याई नभ्याई भएको थियो । आज हिजो टोकन वितरण गरिएकाहरुको   नागरिकता बितरण गरिने वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामाले जानकारी दिनु भयो  । सहायक जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा आएका जिल्ला प्रशासन कार्यालयका    कर्मचारीहरुले नागरिकता वितरण गर्नका लागि सहज हुने व्यवस्था गरे पनि भिडको कारण लाईनमा बस्ने धेरैले नागरिकता लिन बाँकी रहेकोले कोही पनि बञ्चित नहुन भनेर एक दिन थप गरिएको नगर प्रमुख बिष्टले वताउनु भयो । नेपाली नागरिकले १६ बर्ष पुरा भएपछि   नागरिकताको प्रमाणपत्र लिने व्यवस्था रहेकोछ । 
 

nagarikta-sibir1-1525595725.jpg
nagarikta-simir-1525595725.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg