Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहा नगर एमालेको नगर बैठक :- घर फर्क अभियान सहित बिबिध कार्ययोजना पास

FB_IMG_1725200419972-1725200762.jpg

नेकपा एमाले थाहा नगर कमिटीको चौथो पूर्ण बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ ।

भदौ १६ गते सम्पन्न कमिटीको बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रस्तुत गर्नुभएको वार्षिक कार्ययोजना सर्वसम्मत पारित गरेको हो । कार्ययोजनामा टोल कमिटीदेखि नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, भेटघाट, घर फर्क अभियान, विकास निर्माण, जनसरोकार, सुशासनलगायतका विषयहरु समावेश छन् ।

बैठकले आ.व. २०८०/०८१ को आयव्यय अनुमोदन गर्दै आ.व. ०८१/०८२ का लागि ७ लाख ८५ हजार २६५ रुपियाँको अनुमानि आयव्यय पारित गरेको छ ।

साउन ३२ गते सम्पन्न नगर सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै नगर सदस्यमा मनोनीत सदस्यहरु धर्मलाल प्रधान, कृष्णमाया केसी, केदार विष्ट, कमल कार्की, सानुकान्छा थिङ, उत्तम गोपाली र कृष्ण बलामीलाई पद तथा गोपिनियताको शपथ ग्रहण समेत गराएको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले गठबन्धनका कारण दुई पटक नगर प्रमुख र उपप्रमुख पराजित हुनु परेको भन्दै अब २०८४ को निर्वाचनमा कुनै पनि कारण हार्ने छुट नभएको बताउनु भयो । 

बैठकमा एमाले केन्द्रीय सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ क  ईञ्चार्ज एवम् सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले विकास निर्माणसंग जोडिने कार्यक्रमहरुमा केन्द्रीत हुन निर्देशन दिनुभयो ।

बैठकमा बागमती प्रदेश सदस्यहरु बलराम बल, नारायण रिजाल, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, नगर उपाध्यक्ष हेम कुमार थिङ्लगायतले मन्तव्य राख्नुभयो ।

बैठकमा वडा ईञ्चार्ज तथा वडा कमिटी अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरुले दुई महिनाको रिपोर्टिङ गर्नुभयो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg