himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहा नगर एमालेको नगर बैठक :- घर फर्क अभियान सहित बिबिध कार्ययोजना पास

FB_IMG_1725200419972-1725200762.jpg

नेकपा एमाले थाहा नगर कमिटीको चौथो पूर्ण बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ ।

भदौ १६ गते सम्पन्न कमिटीको बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रस्तुत गर्नुभएको वार्षिक कार्ययोजना सर्वसम्मत पारित गरेको हो । कार्ययोजनामा टोल कमिटीदेखि नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, भेटघाट, घर फर्क अभियान, विकास निर्माण, जनसरोकार, सुशासनलगायतका विषयहरु समावेश छन् ।

बैठकले आ.व. २०८०/०८१ को आयव्यय अनुमोदन गर्दै आ.व. ०८१/०८२ का लागि ७ लाख ८५ हजार २६५ रुपियाँको अनुमानि आयव्यय पारित गरेको छ ।

साउन ३२ गते सम्पन्न नगर सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै नगर सदस्यमा मनोनीत सदस्यहरु धर्मलाल प्रधान, कृष्णमाया केसी, केदार विष्ट, कमल कार्की, सानुकान्छा थिङ, उत्तम गोपाली र कृष्ण बलामीलाई पद तथा गोपिनियताको शपथ ग्रहण समेत गराएको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले गठबन्धनका कारण दुई पटक नगर प्रमुख र उपप्रमुख पराजित हुनु परेको भन्दै अब २०८४ को निर्वाचनमा कुनै पनि कारण हार्ने छुट नभएको बताउनु भयो । 

बैठकमा एमाले केन्द्रीय सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ क  ईञ्चार्ज एवम् सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले विकास निर्माणसंग जोडिने कार्यक्रमहरुमा केन्द्रीत हुन निर्देशन दिनुभयो ।

बैठकमा बागमती प्रदेश सदस्यहरु बलराम बल, नारायण रिजाल, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, नगर उपाध्यक्ष हेम कुमार थिङ्लगायतले मन्तव्य राख्नुभयो ।

बैठकमा वडा ईञ्चार्ज तथा वडा कमिटी अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरुले दुई महिनाको रिपोर्टिङ गर्नुभयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg