Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगर उद्योग वाणिज्य संघको प्रथम अधिवेशन सम्पन्न ।(नयाँ कार्यसमितिमा को को निर्वाचित भए?

FB_IMG_1694271629014-1694271950.jpg

थाहा नगर उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन शनिवार पालुङ जेसिज हलमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षता एवम् थाहा नगरपालिकाका प्रमुख बिष्णु विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताएका छन् ।
व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय उद्योग वाणिज्य संघको भुमिका महत्वपुर्ण भएकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताएका छन् ।
त्यस्तै उनले स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र थाहा नगरको राजस्व  व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर अगाडी बढ्ने बताए।

थाहानगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउदै नगर प्रमुख बिष्टले थाहानगरको समग्र विकासका लागि उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण रहने हुँदा थाहामा लगानी भित्र्याउन निजी क्षेत्रलाई आव्हान गर्नु भयो ।

तेसै गरि विशिस्ट अतिथी नेपाल उद्योग वाणिज्य महासंघ,बागमती प्रदेश अध्यक्ष दिल शुन्दर श्रेष्ठले  निजी क्षेत्रका ब्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाको चर्को ब्याजदर, कच्चापदार्थको मूल्यबृद्धि, राजनीति खिचातानीको प्रभाव आदि कारणले गम्भीर समस्या  आएको बताएका छन् ।
श्रेष्ठले  निजी क्षेत्रका उद्योगी ब्यवसायी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले यस बिषयमा गंभीर भएर निर्णय लिन आग्रह गर्दै थाहा नगरपालिकामा कृषि र पर्यटन उद्योगमा लगानी भित्राउन महासंघ तयार रहेको उल्लेख गर्दै थाहा नगरपालिले  संग समन्वय गरे आफुहरु लगानी सम्मेलनको लागि तयार रहेको बताए।
संघका उद्योग उपाध्यक्ष पुरुषोत्तम ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, बागमती प्रदेश  उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  दुर्गाराज श्रेष्ठ,महासंघ बागमती प्रदेश कार्यसमिति सदस्य जीवन काजी माकाजु श्रेष्ठ , इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर ,नेपाली काङ्ग्रेस थाहा नगर उपसभापति नवराज कार्की ,नेकपा एमालेका नगर सचिव रामकृष्ण बस्नेत,नेकपा माओवादी केन्द्रका नगर सचिव लक्ष्मण बिष्ट,राष्ट्रिय स्वतन्त्र पार्टीका थाहा नगर संयोजक जयराम खत्री,वडा अध्यक्ष हरु थाहा ३ का हिरेन्द्र रायमाझी ,५ का बिष्णु बहादुर गुरुङ,६ का राजन भक्त श्रेष्ठ ,मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका संस्थापक सभापति बिमल कुमार ढकाल,पुर्व सभापति रामप्रसाद ढकाल,पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की ,स्वास्थ्य केन्द्रका डाक्टर पवन कार्की ,कृषि बिकास बैंकका शरद बिडारी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल, पालुङ जेसिजका कानुनी सल्लाहकार निरज रायमाझी ,नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर ,नेपाल मेला महोत्सव संघका वरिष्ठ उपाध्यक्ष अनित बिष्ट लगायत थाहा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो। वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव सुरेन्द्रमान प्रधानले गरेका थिए ।
तेसै गरि प्रथम अधिवेशनले पुरुषोत्तम ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

अधिवेशनले थाहा नगर उद्योग वाणिज्य संघ को आठौ वार्षिक साधारण सभा एवं प्रथम अधिवेशन वाट नवनिर्वचित पदाधिकारी हरु
अध्यक्ष: पुरुषोत्तम ढकाल
वरिष्ट उपाध्यक्ष: शम्भु सिं कार्की
वाणिज्य उपाध्यक्ष: सुरेन्द्र मान प्रधान


उद्योग उपाध्यक्ष: सानुकाजी गोपाली
वस्तुगत उपाध्यक्ष: राजेन्द्र विडारी
महासचिव : जर्मलाल श्रेष्ठ
कोषाध्यक्ष: प्रदिप प्रधान
सचिव: श्रीराम कार्की
सहकोषाध्यक्ष: निरोज प्रधान
उद्योग सदस्यहरु :-
राजन प्रसाद ढकाल
आरती श्रेष्ठ
सुमन विष्ट
हरेराम कार्की
वाणिज्य सदस्य तर्फ
अंजल प्रधान
धर्मलाल प्रधान
ईश्वर कार्की
वलराम थापा
विक्रम केसी
यादव जंग रायमाझी
जयराम खत्री केसी
(महिला)यशोदा अधिकारी
वस्तुगत सदस्य : सुविन्द्र मान प्रधान रहेको निर्वाचन अधिकृत बिवेक मानन्धरले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकाल

शुक्रबार भएको उमेदवारी दर्तामा आवश्यक संख्यामा मात्र उमेदवारी दर्ता भएपछि वाणिज्य सदस्य र उद्योग सदस्य बाहेकका पदमा सर्वसम्मत भएको थियो । 

संस्थाको विधान बमोजिम प्रत्यक्ष निर्वाचन विधिबाट छानिने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह—कोषाध्यक्ष, वाणिज्य महिला सदस्य र वस्तुगत सदस्य पदमा सर्वसम्मत भएका थिए।

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...