pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगर आफैमा सुन्दर छ,यसको प्रवर्द्धनमा सहयोग गर्छु:- पर्यटन मन्त्री श्रेष्ठ
पहिलो दिन ३ हजार अवलोकनकर्ताले अवलोकन गरे

foto3-1667571514.jpg

 

थाहा नगरपालिका आफैमा सुन्दर रहेको र त्यसको जानकारी दिन बसन्तपुरमा आयोजना गरिएको फोटो प्रदर्शनीले सहयोग मिल्ने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन।             

थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले काठमाडौंको वसन्तपुर डवलीमा १८ कार्तिकबाट आयोजना गरिएको तिनदिने फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बतायका हुन । मकवानपुरको थाहा नगरपालिका 'कल्चर र नेचर'को केन्द्र भएकाले यसलाई प्रबर्द्धन गरि पर्यटन संग जोडेर विकास गरिने बताउदै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुंदे पर्यटन विकासको कार्ययोजनामा समेटेर विकास गरिने भनाइ व्यक्त गरे। नेपालमा कल्चर,नेचर र एडभेन्चर पर्यटनको उच्च संभावना रहेको हुँदा त्यस्तो संभावना थाहा नगरको पनि रहेकोले विकास गर्न सकिने मन्त्री श्रेष्ठको भनाई रहेको थियो।मन्त्री श्रेष्ठले भने -'थाहाको फोटो प्रदर्शनीले देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिलेको अनुभव गरेको छु'।नेपाल सरकारले सन २०२३देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकाले फोटो प्रदर्शनीले पर्यटकका लागि नया गन्तव्य सुचित गरेको उनको भनाइ थियो। थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पर्यटन प्रवर्द्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न प्रेरित गर्ने उद्देश्यका साथ ,प्रदर्शनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको प्राकृतिक सुन्दरता ,हिमाल दृश्यावलोकन,एतिहासिक तथा पुरात्वात्तिक र स्वच्छ वातावरण र जिवनशैलीको फोटो राखियको बताए। फोटो प्रदर्शनी आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्यित गरेर आयोजना गरियको हो।प्रदर्शनीमा विभिन्न बिधाका एकसय वटा फोटो प्रदर्शनीमा अवलोकनको लागि राखियको छ। प्रदर्शनी प्रत्यकदिन बिहान १० बजेदेखी साझ ४ बजेसम्म हुने र अवलोकन लागि आइदिन कार्यक्रम संयोजक इन्द्रबहादुर श्रेष्ठले आग्रह गरेका छन।प्रदर्शनीको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन तथा फरक सोचले व्यवस्थापन गरेको छ। थाहा फोटो प्रदर्शनी कार्यक्रमका संयोजक इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा थाहा नगरका प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी ,प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्की ,पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारी,पुर्व सांसद हिरण्यलाल श्रेष्ठ ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री,पालुङ जेसिजका अध्यक्ष जयराम केसि,नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,बिष्णुहरी ढकाल जंगली ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुशोत्तम कार्की ,फरक सोचका संयोजक यादवजंग रायमाझी ,थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,अभिनेता सलोन बस्नेत,लगायतका उपस्थिति रहेको थियो। पहिलो दिनको फोटो प्रदर्शनीमा ३ हजार स्वदेशी तथा बिदेशी अवलोकनकर्ताले फोटो प्रदर्शनी अवलोकन गरेको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए। प्रदर्शनी स्थलमा आगन्तुक पुस्तिका र सुझाव पुस्तिका समेत राखी अवलोकनकर्ताको सुझाव संकलन गरियको छ। 

 

 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...