Thursday, 02 May, 2024
अपडेट

थाहा नगरलाई माओवादी केन्द्रको ४८ बुँदे सुझाव

असार, ३/थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७८का लागि तय गर्ने नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीले  ४८ बुँदे सुझाव पेश गरेको छ ।

बिहीबार नगर अध्यक्ष अरुण रायमाझीले नगर प्रमुख लवशेर विष्टलाई सुझाव पेश गरेका हुन्।  १० शीर्षक अन्तरगत ४८ बुँदाहरुमा सुझाव दिइएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । 

सुझाव पत्रमा कृषि, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई, आर्थिाक समृद्धि, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, सुचना, प्रबिधि, अनुसन्धान र कला साहित्य संस्कृतिका शीर्षकमा सुझाव दिईएकोछ ।

सुझावहरुमा कृषितर्फ ब्यवशायिक रुपमा खेतीगर्ने कृषकलाई प्रोत्सहान गर्नुपर्ने उल्लेख गरिएकोछ । पर्यटन गुरुयोजना तयार गरी पर्यटनको विकास गर्न समेत सुझाव दिईएकोछ भने शिक्षाको विकासको लागि एक बिद्यालय एक उद्यमको अवधारण ल्याउन सुझाव दिईएको छ ।

खानेपानी र सरसफाई अन्तरगत खानेपानी बोर्ड गठन गरी ब्यवस्थित खानेपानी को ब्यवस्थापन गर्नुका साथै फोहरलाई स्रोतमै ब्यवस्थापन गरी नगरको सरसफाई प्रभावकारी बनाउन सुझाव दिईएकोछ ।

थाहा नगरमा रहेका प्राकृतिक स्रोतमा आधारित उद्योग ब्यवशायलाई प्रवर्धन गर्न र सडक लगायतका पूर्वाधारहरु निश्चित मापदण्ड तयार गरी ब्यवस्थित तरिकाले गर्न सुझाव दिईएकोछ ।

माओवादी केन्द्रले प्राकृतिक प्रकोपबाट बच्न दीगो रुपमा प्राकृतिक प्रकोप कोष खडा गरी जेखिम ब्यवस्थापनका लागि नीति बाउन समेत आग्रह गरिएकोछ ।

समाजमा रहेको कुप्रथाको बिरुद्ध स्पष्ट नीति बनाई अगाडि बढ्न सुझव दिईएकोछ । दुब्र्यसन तथा वालश्रमको न्यूनिकरणका लागि कार्यक्रम तयार गर्न सुझाव दिईएको छ ।

सुझाव पत्रमा सवैवडामा ईन्टरनेटको पहँच पुर्याउनको लागि पहल गर्न भनिएकोछ । 

कला, संस्कृति र साहित्यको विकासको लागि बजेटको ब्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।  साथै कोरोना भाईरस नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न सुझाव पत्रमा भनिएको छ । 

सबैतिरबाट प्राप्त सुझाबहरुका आधारमा आगामी बर्षको नीति तथा कार्यक्रमको तय गर्ने थाहा नगरपालिकाका प्रमुख  लवशेर बिष्टले बतउनुभयो । थाहा नगरपालिकाको  आगामी बर्षको नीति तथा कार्यक्रम यही असार १० गते प्रस्तुत हुँदैछ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...