pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरलाई माओवादी केन्द्रको ४८ बुँदे सुझाव

असार, ३/थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७८का लागि तय गर्ने नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीले  ४८ बुँदे सुझाव पेश गरेको छ ।

बिहीबार नगर अध्यक्ष अरुण रायमाझीले नगर प्रमुख लवशेर विष्टलाई सुझाव पेश गरेका हुन्।  १० शीर्षक अन्तरगत ४८ बुँदाहरुमा सुझाव दिइएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । 

सुझाव पत्रमा कृषि, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई, आर्थिाक समृद्धि, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, सुचना, प्रबिधि, अनुसन्धान र कला साहित्य संस्कृतिका शीर्षकमा सुझाव दिईएकोछ ।

सुझावहरुमा कृषितर्फ ब्यवशायिक रुपमा खेतीगर्ने कृषकलाई प्रोत्सहान गर्नुपर्ने उल्लेख गरिएकोछ । पर्यटन गुरुयोजना तयार गरी पर्यटनको विकास गर्न समेत सुझाव दिईएकोछ भने शिक्षाको विकासको लागि एक बिद्यालय एक उद्यमको अवधारण ल्याउन सुझाव दिईएको छ ।

खानेपानी र सरसफाई अन्तरगत खानेपानी बोर्ड गठन गरी ब्यवस्थित खानेपानी को ब्यवस्थापन गर्नुका साथै फोहरलाई स्रोतमै ब्यवस्थापन गरी नगरको सरसफाई प्रभावकारी बनाउन सुझाव दिईएकोछ ।

थाहा नगरमा रहेका प्राकृतिक स्रोतमा आधारित उद्योग ब्यवशायलाई प्रवर्धन गर्न र सडक लगायतका पूर्वाधारहरु निश्चित मापदण्ड तयार गरी ब्यवस्थित तरिकाले गर्न सुझाव दिईएकोछ ।

माओवादी केन्द्रले प्राकृतिक प्रकोपबाट बच्न दीगो रुपमा प्राकृतिक प्रकोप कोष खडा गरी जेखिम ब्यवस्थापनका लागि नीति बाउन समेत आग्रह गरिएकोछ ।

समाजमा रहेको कुप्रथाको बिरुद्ध स्पष्ट नीति बनाई अगाडि बढ्न सुझव दिईएकोछ । दुब्र्यसन तथा वालश्रमको न्यूनिकरणका लागि कार्यक्रम तयार गर्न सुझाव दिईएको छ ।

सुझाव पत्रमा सवैवडामा ईन्टरनेटको पहँच पुर्याउनको लागि पहल गर्न भनिएकोछ । 

कला, संस्कृति र साहित्यको विकासको लागि बजेटको ब्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।  साथै कोरोना भाईरस नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न सुझाव पत्रमा भनिएको छ । 

सबैतिरबाट प्राप्त सुझाबहरुका आधारमा आगामी बर्षको नीति तथा कार्यक्रमको तय गर्ने थाहा नगरपालिकाका प्रमुख  लवशेर बिष्टले बतउनुभयो । थाहा नगरपालिकाको  आगामी बर्षको नीति तथा कार्यक्रम यही असार १० गते प्रस्तुत हुँदैछ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...