Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरमा गठबन्धनका उम्मेद्वार बिजयी, दलका प्रमुखले मतदातालाई दिए धन्यवाद

Screenshot_20220518-15363-1652867554.png

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत बैशाख ३० गते भएको थाहा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।
थाहा नगरमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख र नेपाली काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदमा उम्मेद्वारी सहितको गठवन्धन गरी निर्वाचनमा होमिएकोमा गठवन्धनकै उम्मेद्वार बिजयी भएका छन् ।

थाहा नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेद्वार बिजयी भएपछि नेकपा माओबादी केन्द्रका अध्यक्ष बिनोद कुमार लामाले निर्वाचन सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । लामाले भन्नुभयो : “स्थानीय तहको निर्वाचन २०७९, थाहा नगरमा सौहार्द्रतापूर्ण वातावरणमा सम्पन्न भएको छ, यो निर्वाचनलाई स्वच्छ र शान्तिपूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पुर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, संचार माध्यम, राजनैतिक दलहरु तथा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सम्पुर्ण जुझारु कार्यकर्ता तथा नेतृत्वप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।”

त्यस्तै नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो । जोशीले भन्नुभयो : “थाहा नगरमा गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन साथ दिनुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आदरणीय न्याय मुर्ति मतदाताहरु प्रति हार्दिक नमन ।”

बुधबार राती निर्वाचन कार्यालयले घोषणा गरेको परिणाम अनुसार थाहा नगरपालिकाको प्रमुख (मेयर) पदमा माओबादी केन्द्रका उम्मेद्वार बिष्णु बहादुर बिष्ट ‘आदर्श’ बिजयी भएका छन् ।

कुल २३ हजार ५६ मत खसेकोमा बिष्टले १ हजार ९ सय ४८ मतको अन्तरले निर्वाचित भएका हुन् । बिष्टले ९ हजार ७ सय  १९ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको थियो ।
तेस्तै उपप्रमुख (उपमेयर) पदमा नेपाली काङ्ग्रेसका उम्मेद्वार भरत गोपाली ८५ मत अन्तरले बिजयी भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको थियो ।

साथै नगरपालिकाको १२ वडा मध्ये ६ वटा वडामा माओबादी केन्द्र बिजयी भएको छ भने एमाले ३ र काङ्ग्रेस  ३ वडामा बिजयी भएका छन् ।

थाहा नगरमा माओबादी १, २, ३, ४, ९ र ११ नम्बर वडामा बिजयी भएका छन् भने काङ्ग्रेस ६, ७ र १२ नम्बर वडामा बिजयी भएका छन् । नेकपा एमाले ५, ८ र १० नम्बर वडामा बिजयी भएका छन् ।

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...