pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा नगरबासीलाई चन्द्रागिरि केवल कार चढ्दा ५० प्रतिशत छुट

FB_IMG_1769143047708-1769143060.jpg

चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउने भएका छन् । केबलकार सेवा प्रयोग गर्ने स्थानीयका लागि यो सुविधा लागू भएसँगै पर्यटन प्रवद्र्धन र स्थानीय सहभागिता बढ्ने अपेक्षा गरिएको छ । केबलकारको प्रवद्र्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको २३ पुसमा सम्पन्न १६औँ वार्षिक साधारणसभाले १ माघबाट लागू हुने गरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका तथा काठमाण्डौंको चन्द्रागिरिकाका स्थानीयवासीलाई पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
हाल चन्द्रागिरि केबलकार चढ्न साधारण टिकटको मूल्य ८२५ रुपैयाँ रहेको छ । नयाँ व्यवस्थाअनुसार सम्बन्धित स्थानीयवासीले यो शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यसअघि कम्पनीले केबलकारको बेस स्टेशन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई मात्र २५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको थियो ।
चन्द्रागिरि हिल्सले केवलकार चढ्दा दिएको छुटमा सकारात्मक प्रतिक्रिया जनाउँदै थाहा नगरपालिकाका आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझीले यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । केवलकार हुँदै थाहानगर भित्रने आन्तरिक पर्यटकको संख्या वृद्धि हुने उनले विश्वास व्यक्त गरे । यसअघि थाहा नगरपालिकाको पनि साविक चित्लाङ हालको थाहा–९ र १० का बासिन्दाले मात्र यो सुविधा पाएकोमा नगरपालिकाको निरन्तर पहल र समन्वयपछि सबै नगरवासीलाई समेट्ने गरी छुटको व्यवस्था हुन सकेको थाहानगर प्रवक्ता समेत रहेका रायमाझीले जानकारी दिए ।
छुट प्राप्त गर्न चाहने लाभग्राहीले आफू चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका वा इन्द्रसरोवर गाउँपालिकाको स्थानीय भएको खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । साथै टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनमा भने यस्तो छुट लागू नहुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg