pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिका १ मा सर्बेक्षणले देखायो बार्षिक आम्दानीभन्दा बढी ऋण
स्थानीय बासिन्दाको आम्दानी ३२ करोड, ऋण ४२ करोड

मकवानपुरको थाहा नगरपालिका वडा नं. १ का स्थानीय बासिन्दाले तिर्न सक्ने क्षमताभन्दा बढी ऋण लिएको पाइएको छ । सुनौलो सामुदायिक सिकाइ केन्द्रले वडाका सबै घुरधुरीमा गरेको सर्वेक्षणको नतीजामा यस्तो देखिएको हो । सर्वेक्षणमा बार्षिक आम्दानीभन्दा बढी ऋण लिएको पाइएको छ भने बैंक तथा नगद बचत अत्यन्त कम रहेको देखिएको छ ।

संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वडाका सबै घरपरिवारको गरी जम्मा वार्षिक आम्दानी रु. ३२ करोड ३३ लाख रहेको छ भने ऋण रु. ४२ करोड ७० लाख रहेको छ । वडाका कुन्छाल, टाखेल, गहते र खानीगाउँमा वार्षिक आम्दानीभन्दा बढी कर्जा लिएको देखिएको छ । सर्वेक्षणको क्रममा कतिपय सूचनादाताले खर्चको हिसाव नगरी समग्र आम्दानीको विवरण दिँदा खुद आम्दानी निकै कम हुन सक्ने सर्वेक्षण कार्यक्रमका संयोजक रुपचन्द्र गोपालीले बताउनुभयो । वडाको ७४१ घरधुरीमा प्रश्नावली विधिबाट सर्वेक्षण गरिएको थियो । सर्वेक्षण अनुसार कुन्छाल, ओखरगाउँ र कुलगाउँका बासिन्दाको बैंक, वित्तीय संस्था तथा सहकारीहरुमा बचत देखिएको छ भने कुटीप्वाकल र खानीगाउँमा नगन्य मात्रामा बचत देखिएको छ ।

कुन्छालका स्थानीय बासिन्दाको रु.११ करोड ६३ लाख आम्दानी हुँदा रु. २३ करोड ८० लाख विभिन्न बैंक, वित्तीय संस्था तथा सहकारीहरुमा ऋण देखिएको छ । उनीहरुको जम्मा बचत रु. ६६ लाख रहेको छ । त्यसैगरी ओखरबजारको रु. ९ करोड ८५ लाख, कुलगाउँको रु. ६ करोड ७० लाख र गहतेको रु. ९८ लाख वार्षिक आम्दानी रहेको पाइएको छ । खानी गाउँका बासिन्दाको समग्र आम्दानी ५८ लाख रहेको छ । सर्वेक्षण अनुसार ओखरबजारका बासिन्दाको रु. ६ करोड ६८ लाख ऋण रहेको छ । कुलगाउँको रु. ५ करोड ५२ लाख, टाखेलको रु. २ करोड ४७ लाख, गहतेको रु. २ करोड १६ लाख, खानीगाउँको रु. १ करोड ३० लाख र कुटिप्वाकलको रु.७४ लाख ऋण रहेको देखिएको छ । वडाको कुन्छाल र खानीगाउँमा वार्षिक आम्दानीभन्दा ऋण दोब्बर देखिएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...