Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिका : दिनदिनै आय–व्यय सार्वजनिक गर्ने स्थानीय तह

Thahaa-1586410741-1596878207.jpg

मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ व्यवस्थापनको क्रममा भएको आम्दानी र खर्चको हिसाब दिनहुँ सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाको वेबसाइट र स्थानीय संचार माध्यमबाट दिनहुँ हिसाब सार्वजनिक गर्ने गरिएको नगरप्रमुख लवशेर विष्टले बताउनु भयो । ‘आर्थिक सुशासन र पारिदर्शिताको लागि हामीले यसो गरेका हौं, पहिले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टले पनि भित्तामा टाँसेर हिसाब सार्वजनिक  गर्नुहुन्थ्यो, हामी पनि उहाँकै बाटो हिँड्दैछौँ,’ नगर प्रमुख विष्टले
भन्नुभयो ।

नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नगरको विपद व्यवस्थापन कोषमा हालसम्म रु. ५८ लाख ९३ हजार ९१४ जम्मा भएकोमा खर्च गरेर १३ लाख २२ हजार रुपियाँ रहेको छ । पछिल्लोे विवरण अनुसार विपद व्यवस्थापन कोषबाट कोभिड–१९ व्यवस्थापनमा रु. ४५ लाख  ८१ हजार ८९२ खर्च भएको थाहानगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिका सचिवालय प्रमुख बिवेक बिडारीले जानकारी दिनुभयो ।

गत चैतको दोस्रो साता बसेको नगरपालिकाको बैठकले कोभिड–१९ व्यवस्थापनको लागि विपद व्यवस्थापन कोषमा नगरको तर्फबाट रु. ४० लाख जम्मा गरेको थियो भने वागमती प्रदेश सरकारले पठाएको रु. १२ लाख पनि सोही कोषमा राखिएको थियो ।

नगरपालिकाले अहिलेसम्म कोभिड–१९ व्यवस्थापनअन्तर्गत स्वास्थ्य संस्था तथा क्वारेन्टाइनको लागि आवश्यक औषधि, उपकरण, क्वारेन्टाइनका लागि खाद्यान्न, भाँडावर्तन, सरसफाइ सामग्री, प्रचारप्रसार, स्वास्थ्य परीक्षण, यातायात, पैदलयात्रीहरुको रसदपानी आदिमा खर्च गरेको छ । कोभिड–१९ व्यवस्थापनको क्रममा सामग्री खरिद गर्न नगरपालिकाले कार्यपालिका सदस्य वडा नं. ६ का वडा अध्यक्ष शशिधर सुवेदीको संयोजकत्वमा खरिद समिति गठन गरेको छ । ‘ससाना खरिदबाहेक ठूलो आकारको खरिदमा  हाम्रो स्वीकृति अनिवार्य गरेका छौं । हामी मितव्ययिताको मान्यता अनुसार खर्च गरिरहेका छौं,’ खरिद समितिका संयोजक सुवेदीले भन्नुभयो ।

दैनिक हिसाबसहित कोभिड–१९ व्यवस्थापनसम्बन्धी सम्पूर्ण  विवरण दैनिक रुपमा सार्वजनिक गर्ने थाहा नगरपालिका मकवानपुरकै एक मात्र स्थानीय तह हो । थाहाले नगद आम्दानी र खर्चको मात्र हिसाब सार्वजनिक नगरी जिन्सी रुपमा प्राप्त आम्दानीसमेत बाँधेर सार्वजनिक गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । नगरपालिका कार्यालयका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सेनिटाइजर, भिटिएम, पिपिई, मास्क, राहत सामग्री, ¥यापिड टेस्ट किट, पञ्जा आदि प्राप्त गरेको छ ।

राहत, स्वास्थ्य तथा सरसफाइ सामग्री वितरणमा थाहा नगरपालिकाले एकद्वार प्रणाली अपनाएपछि सोहीबमोजिम नगरपालिकाको कोरोना नियन्त्रण समितिमा सहयोग प्राप्त भएको र सोहीअनुसार व्यवस्थापन गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनु भयो ।

खरिद गरिएका तथा सहयोग प्राप्त भएका सामग्रीहरुको खर्च भएको अवस्था र बाँकी रहेको विवरण पनि थाहा नगरपालिकाले दैनिक प्रतिवेदनमार्फत् सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाले लकडाउन घोषणापछिको अवधिमा १४ हजार ३०० किलो चामल जम्मा भएकोमा अहिले ३ हजार २६५ किलो मौज्दात रहेको जनाएको छ । त्यसैगरी केही परिमाणमा दाल, नून, खाने तेल र सावुन समेत नगरपालिकामा मौज्दात छन् ।

औषधि उपकरणजस्ता खर्च भएर जाने सामग्रीहरुको समेत दैनिक लेखाजोखा गर्ने गरेको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो । उहाँका अनुसार कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग गरिने भिटिएम ५०२ वटा प्राप्त भएकोमा २०२ वटा प्रयोग भएर ३०० वटा अझै बाँकी रहेका छन् । ५०२ मध्ये १८० वटा नगरपालिका आफैले खरिद गरेको थियो भने ३२२ वटा सहयोगस्वरुप प्राप्त भएको थियो । स्वास्थ्य शाखाको अनुसार नगरपालिकामा ७ हजार ४९५ सर्जिकल मास्क, ६ हजार २०० पञ्जा, ७२८ बोत्तल स्यानिटाइजर, ४७ सेट पिपीइ अझै बाँकी रहेका छन् ।

यसरी कोभिड–१९ को व्यवस्थापनको क्रममा भएका सम्पूर्ण विवरणहरु सार्वजनिक गर्दा नागरिकहरुको नगरकार्यपालिका प्रतिको भूमिका सकारात्मक रहेको र नगर कार्यपालिकालाई व्यवस्थापकीय समीक्षा गर्न सजिलो भएको नगर प्रमुख विष्टले बताउनुभयो ।

थाहा नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सचिबालयले गत चैतको १३ गतेदेखि दैनिक रुपमा प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...