pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिकाले शव वहान संचालन गर्ने , टिस्टुङ बज्रबाराही नेवा पुच: ले दियो वहान।

Screenshot_20211223-10483-1640235864.png

थाहा नगरपालिका वडा नम्बर ४ का संजय थिङ घाँस काट्ने क्रममा रुखबाट लडे । उपचार गर्न नभ्याउँदै उनको ठाउँको ठाउँ ज्यान गयो । सिमभन्ज्याङका थिङ डाले घाँस काट्न रुख चढेका थिए । आर्थिकस्तर कमजोर भएका उनी अर्केको घरमा काम गर्न बस्थे । संजयको ज्यान गएपछि पोष्टमार्टम गर्नु अनिवार्य थियो । यसका लागि हेटौंडा वा काठमाण्डौं पु¥याउनुपर्ने उत्तरी मकवानपुरका पालिकाबासीहरुको बाध्यता हो । यो बाध्यताले  संजयका परिवारलाई पनि छोडेन । आर्थिक अवस्था कमजोर भएका उनका परिवार र आफन्तले जसोतसो स्थानीय ट्रिपरलाई कुरो मिलाए–शव हेटौंडा पु¥याएको मात्र २० हजार । शव बोक्ने सवारीका लागि धेरै अनुरोध गर्नुपर्ने करुणाभूमि सामुदायिक वनका अध्यक्ष बिनोद लामाले बताए । लामा भन्छन्–‘शव बहान नहुँदा गाडीहरुले लास बोक्न मान्दै मान्दैनन्, हेटौंडाबाट शव बहान आउन उस्तै मुस्किल हुन्छ ।’ उनका अनुसार आत्महत्या र दुर्घटनामा परी ज्यान गएकाहरुको पोष्टमार्टम गर्नका लागि मृतकका परिवारले मोटो रकम खर्च गर्नुपर्ने बाध्यता छ ।
 
सिमभन्ज्याङका संजय थिङका परिवारले जस्तै दामनकी डोल्मा शेर्पाले आफ्नी छोरीको मृत्यूमा निकै दुःख पाइन । एकातिर पारिवारको शोक अर्कोतिर पोष्टमार्टमका लागि सवारी शव बोक्ने सवारी नपाउनुहो पीडा भनिसाध्य नहुने लामा बताउँछन् । यस्तो दर्जनौ समस्यामा सहजीकरण गरेको लामाको अनुभव छ । उनी भन्छन्–‘सहजीकरण गरिन्छ तर आर्थिक भार घटाउनै सकिदै सकिदैन, कतिपयले त ऋण गरेर पोष्ट मार्टम गराउनुपर्ने बाध्यता छ ।’ 

यि दुई परिवार त प्रतिनीधि पात्र मात्र हुन् । थाहानगर र छिमेकी पालिकाहरुले यस किसिमको अतिआवश्यकीय सेवा नपाउँदा झन दुःख पाएका छन् । नागरिकको यो समस्यालाई समाधान गर्न थाहा नगरपालिकालेले शव बहान सेवा संचालन गर्ने भएको छ । थाहानगर र छिमेकी गाउँपालिकाहरुलाई समेत सेवा दिने उद्देश्यले शव बहान संचालन सेवा शुरु गरिने नगर प्रमुख लवशेर विष्टले बताए । थाहा नगरपालिकालाई उक्त सेवा संचालनका लागि टिष्टुङ बज्रवाराही नेवाः पुचः ले सवारी साधन उपलब्ध गराएको हो । पालिकामा ७ पौषमा एक कार्यक्रमका बीच सम्पूर्ण आम्दानी खर्च पालिकाकै हुने गरी पुचःले बा ८ च २६५ नम्बरको सवारी उपलब्ध गराएको हो । यसको संयोजन थाहा नगरपालिका वडा नम्बर ६ का प्रमोद जोशीले गरेका थिए । जोशी राष्ट्रिय उपभोक्ता मञ्चका थाहानगर अध्यक्ष हुन् । शव बहान नुहँदा मकवानपुरकै कैलाश गाउँपालिकाका एक परिवारले शव पोष्टमार्टमका लागि अस्पतालसम्म पु¥याउन ४० हजार तिर्न परेको दुखद् खबरपछि जोशी समस्या समाधानको खोजीमा लागेका थिए । पारिवारिक शोकमा झन आर्थिक पीडा थपिने आवस्थालाई समाधान गर्न विभिन्न संघंसस्थामा शव बहान माग गरेको जोशी बताउँछन् । उनी भन्छन–‘टिष्टुङ बज्रवाराही नेवा पुचःले सहयोग गर्न तत्परता देखाइ सहयोग गर्यो धेरै खुशी लाग्यो ।’  उनले सहयोग गर्ने संस्था र टिमलाई प्रशंसा सहित धन्यवाद दिए ।    


सवारी साधनको आम्दानी खर्चमा पुचः सहभागी नहुने सम्झौतासहित अध्यक्ष हरिगोपाल श्रेष्ठले सवारी साधन पालिकालाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण सम्झौतामा पालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे र पुचःका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन् भने थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपाली साक्षी बसेका छन् । पुचःको तर्फबाट संरक्षक बिनोद महर्जन, महासचिव खिल बहादुर बलामी, कोषाध्यकबाहान नारायण महर्जन, र सदस्य बैकुण्ठ श्रेष्ठ हस्तान्तरण सम्झौतामा साक्षी छन् । हस्तान्तरण कार्यक्रममा पुचःका अध्यक्ष हरिगोपाल श्रेष्ठले नागरिकहरुलाई सहज सेवाको लागि शव बहान सवारी साधन सहयोग गरेको बताए । उनले सहयोगको भरपुर प्रयोगमा ल्याउन नगरपालिकालाई अनुरोध गरे ।

शव बहानका लागि सवारी साधन उपलब्ध गराएकोमा नगर प्रमुख लवशेर विष्टले टिष्टुङ बज्रवाराही नेवा पुचः लाई धन्यवाद दिए । नागरिकको विभिन्न आवश्यकताहरु पूरा गर्ने सन्दर्भमा पुचःले नगरपालिकालाई पु¥याएको योगदानको उच्च प्रशंसा गरे । नगर प्रमुख विष्टले शव बहान नियमित संचालनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘शव बहान संचालनको कार्यविधि निर्माण गरी नागरिकको सेवामा लगाउँछु, दाता संस्था ढुक्क हुनुस् ।’ सम्झौता अनुसार शव बहानको जनशक्ती व्यवस्थापन, मर्मत संभार, आम्दानी खर्च व्यवस्थापन पालिकाले नै गर्नुपर्ने उल्लेख छ । शव बहान मर्मत संभार गरेर पनि संचालन हुन नसक्ने अवस्था भएमा कार्यापालिकाबाट निर्णय गरी दाता संस्था टिष्टुङ बज्रवाराही नेवा पुचः लाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै शव बहानमा ‘टिष्टुङ बज्रवाराही नेवा पुचः मा को सहयोगमा थाहा नगरपालिकाबाट संचालित शव बहान’ लेख्नुपर्ने पनि उल्लेख गरिएको छ ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...