pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,

DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन https://khanepani.thahamun.gov.np/c0p.html मा अनाधिकृत रूपमा 'c0p.html' नामको एचटीएमएल फाइल भेटिएपछि वेबसाइट ह्याक भएको खुलासा भएको हो ।

ह्याकरले वेसबाइट नियन्त्रणमा लिई इन्डोनेसियाली भाषामा ‘Jangan suka nunda, nanti keburu tidur’ अर्थात् ‘ढिलासुस्ती गर्न मन नपराऊ, तिमीलाई निद्रा लाग्नेछ’ भन्ने सन्देश छोडेका छन् ।

आक्रमणकारीहरूले आफूलाई इन्डोनेसियाली ह्याकर भएको र './SaklarRusak' उपनाम प्रयोग गर्ने ‘TSecNetwork’ ह्याकर समूहसँग आबद्ध रहेको दाबी गरेका छन् । यो समूहमा इन्डोनेसिया, चीन र रुसका सदस्य रहेको बताइएको छ ।

ह्याकिङ फोरममा सूचीकृतह्याकिङ फोरममा सूचीकृत

ह्याकरहरूले आफ्नो पहिचान खुलाउने क्रममा जोन-एच (Zone-H) आर्काइभ र टिकटक ह्यान्डल ‘.saklarrusak’ को लिङ्क पनि वेबसाइटमा राखेका छन् । जोन-एच ह्याक भएका वेबसाइटहरूको रेकर्ड राख्ने र साइबर सुरक्षासम्बन्धी समाचार प्रकाशन गर्ने एक चर्चित प्लेटफर्म हो ।

ह्याकरले वेबसाइटमा 'Sudat Kantin' को इमेज प्रयोग गरेका छन् । ‘Sudat Kantin’ इन्डोनेसियाको एक कम्युनिटी मिडिया प्लेटफर्म हो । यसले सामाजिक-राजनीतिक मुद्दाहरूमा सामग्री प्रकाशन गर्छ । यहीकारण ह्याकर र उक्त प्लेटफर्मबीचको सम्बन्धको अनुमानलाई बलियो बनाएको न्यौपानले उल्लेख गरेका छन् ।

साइट ह्याक गर्न प्रयोग गरिएको एचटीएमएल कोडसाइट ह्याक गर्न प्रयोग गरिएको एचटीएमएल कोड

यस घटनाबारे थाहा नगरपालिका भने अनभिज्ञ देखिएको छ । नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले यसबारे आफूहरूले बुझ्ने प्रतिक्रिया दिए । उनले टेकपानासँग भने, “हामीलाई यो घटनाबारे जानकारी छैन । अब बुझ्छौं ।”

यो घटनाले नेपालका सरकारी वेबसाइटको सुरक्षामाथि थप प्रश्न खडा गरेको अनुसन्धानकर्मी न्यौपानेले उल्लेख गरेका छन् । पछिल्लो समय नेपालका सरकारी वेबसाइट ह्याकिङका घटना बढ्दै गएका छन् । साइबर सुरक्षा विज्ञहरूले सरकारी निकायलाई आफ्नो वेबसाइटको सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका छन् ।

ह्याकरले प्रयोग गरेको ‘Sudat Kantin’ को इमेजह्याकरले प्रयोग गरेको ‘Sudat Kantin’ को इमेज

टेकपाना बाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...