pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिकाको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो।
गायन प्रतियोगितामा महिला जागृती प्रथम।

IMG_20220308_123416_692-1646740293.jpg

सामाजिक न्याय र लैङ्गिक समानता ,दिगो बिकासको सुनिश्चितता भन्ने मुल नाराका साथ ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा थाहा नगरपालिका सामाजिक बिकास साखा तथा महिला बालबालिका साखाको आयोजनामा महिला सहकारी स्तरिय सामुहिक गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आज पालुङ जेसिजको सभाहलमा सम्पन्न भएको छ।
थाहा नगरपालिका सामाजिक बिकास संयोजक किरणमान बलको अध्यक्षता तथा नगर प्रमुख लवशेर बिष्ट को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश २ क का उपसभापति इश्वरी ठकुरी ,नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी नगर अध्यक्ष शकुन्तला गोपाली,नेकपा एमालेका थाहा नगर नेतृ कल्पना बलामी ,लालिगुरास महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष रिता प्रधान,थाहा नगरपालिका कार्यपालिका महिला सदस्य जानुका ढकाल ,तथा थाहा नगरमा निर्वाचित महिला जनप्रतिनिधि,महिला समूह हरुका अध्यक्ष  हरुको आतिथ्य रहेको थियो।कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि लबशेर बिष्टले जनयुद्ध र जन आन्दोलन को जगमा संविधानमा नै महिला हक अधिकार सुनिश्चित गरिसकेकोले अब महिलाहरुले देश र समाजको नेतृत्व तहमा आफ्नो पहुँच पुर्याउन महिला अग्रसर हुनुपर्नेमा जोड दिदै न्यायमा महिलाहरुको समान पहुँच पुर्याउन आफ्नो सक्दो प्रयास हुने बताउनुभयो।कार्यक्रममा शुभकामना दिनेहरुले नगरपालिकाको उपल्लो तहमा महिलाको पहुँच नपुगेकोले  थाहा नगरमा आगामी स्थानिय निर्वाचनमा उपमेयरका उमेदवार जुनसुकै पार्टीले पनि महिलालाइ टिकट दिन आग्रह गरेका थिय ।
नारी दिवसको अबसरमा थाहा नगर भित्र रहेका ७ वटा महिला सहकारी हरुले नारी दिवसका अबसरमा आयोजित गित प्रतियोगितामा महिला हक अधिकार तथा राज्यको अङ्गहरुमा समान पहुँच को माग गित मार्फत अनुरोध गरेका थिय ।प्रतियोगितामा नगर भित्र रहेका महिला सहकारीहरु ,पुण्यश्री महिला सहकारी ,लाली गुराँस महिला बहुउद्देश्यीय ,चेतनशील महिला सहकारी ,कुटेश्वरी महिला सहकारी ,चन्द्रागिरी महिला सहकारी ,महिला शक्ति बचत ,तथा महिला जागृती उत्थान सहकारीको सहभागिता रहेको प्रतियोगितामा महिला जागृती उत्थान ले प्रथम स्थान हासिल गर्दै नगद २० हजार तथा प्रमाणपत्र प्राप्त गर्यो भने द्वितीय हुने कुटेश्वरी ले १० हजार तथा तृतीय हुने महिलासक्ती ले ५ हजार र प्रमाणपत्र हातपारे बिजयी हुने समूह तथा सहभागी हुने समूह हरुलाइ निर्णायक हरु संगीतकार तथा गायक ईश्वर खड्का तथा गायिका सोबिता गोपाली र कार्यक्रमका अध्यक्ष किरणमान बलले पुरस्कार प्रदान गर्नुभयको थियो।
थाहा नगरपालिकाको सामाजिक बिकास तथा महिला बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रम लाई महिला तथा बालबालिका शाखाकि प्रमुख प्रतिमा मोक्तानले संचालन गर्नुभयको थियो।कार्यक्रममा थाहा नगरका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220308_161348_191-1646740294.jpg
IMG_20220308_160201_923-1646740372.jpg
IMG_20220308_123718_591-1646740373.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...